अभिनेत्री मिरुना मगरविरुद्ध प्रदर्शन, सडकदेखि सामाजिक सञ्जालसम्म विरोध
वि.सं.२०७९ जेठ १७ मंगलवार १२:४५
3.3K
shares
काठमाडौं: कबड्डी-४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलस्थित केएल टावरमा प्रदर्शन भएको छ । सामाजिक सञ्जालदेखि सडकमा पनि मिरुनाले ‘निर्दोष’लाई आरोप लगाएको भन्दै उनको विरोध भएको हो ।
आफूलाई ‘नियतवश छोएको’ भन्दै ‘कबड्डी ४ द फाइनल म्याच’ हेर्न आएका दर्शकलाई झापड हानेर प्रहरीको जिम्मा लगाएकी फिल्मकी अभिनेत्री मगरको उल्टै आलोचना भएको छ ।
आइतबार सिभिल मलमा फिल्म हेरेर निस्किने क्रममा ‘कबड्डी ४: द फाइनल म्याच’की अभिनेत्री मिरुना मगरलाई ‘छोएको’ आरोपमा फुर्वा तामाङ पक्राउ परेका थिए ।
आफूले नियतवस नछोएको भन्दै माफी समेत मागेका फुर्वालाई प्रहरी बोलाएर पक्राउ गराएको भन्दै मिरुनाको विरोध भएको छ ।
हाल सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया र केही ठाउँमा फिल्मको पोस्टर जलाउने र आन्दोलन गर्ने सम्मका काम भइरहेका छन् ।
आइतबार फिल्म हेरेर फर्किने क्रममा तामाङले अभिनेत्री मिरुना मगरलाई ‘छोए’पछि उनले तामाङलाई झापड हानेकी थिइन् ।
तामाङले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मिरुनाले प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।
उक्त घट्नापछि सामाजिक सञ्जालदेखि सडकमा पनि यो मुद्दा तातेको छ । तामाङले आफूले नियतशव नभइ झुक्किएर छोएको र सबैको सामुन्ने माफी समेत मागेको बताइएको छ ।
तर, ‘अन्जान’मा गल्ती गरिएको व्यक्तिलाई प्रहरी हिरासतमा राखिएको भन्दै सामाजिक सञ्जालदेखि सडकमा पनि ‘कबड्डी–४’को विरोध भइरहेको छ । तामाङलाई बिना कुनै सजाय छाड्नुपर्ने प्रदर्शनको माग छ ।
वि.सं.२०७९ जेठ १७ मंगलवार १२:४५



















