YouTube Link

ओमानमा तेल ट्याङ्ककरमाथि शंकास्पद आक्रमणमा इरानको हात रहेको अमेरिकाको दावी

World Cup 2026
Facebook Link

एजेन्सी: ओमानमा दुईवटा तेल ट्याङ्ककरमा क्षति पुग्ने गरी भएको शंकास्पद आक्रमणमा इरानको हात रहेको अमेरिकाले दाबी गरेको छ । यद्यपि, उक्त आरोपलाई इरानले अस्वीकार गरेको छ । निकै व्यस्त तेल निर्यात मार्ग नजिकै रहेका दुईवटा तेल ट्याङ्ककरमाथि बिहीबार आक्रमण भएको थियो ।

ओमानको खाडीमा भएको उक्त आक्रमणमा इरानको हात रहेको गोप्य सूचना पाएको भन्दै अमेरिकी विदेशमन्त्रीले दाबी गरे पनि इरानले त्यसको लगातार खण्डन गरिरहेको छ । इरानले आक्रमणको खण्डन गरेपनि अमेरिकाले एउटा भिडियो फूटेज सार्वजनिक गर्दै हमलाको जिम्मेवार इरान भएको जिकिर कायम राखेको छ । उक्त भिडियो फुटेजमा देखिएका व्यक्तिहरु इरानी रिभोलुस्नरी गार्डका सदस्यहरु भएको अमेरिकी सेनाका प्रवक्ताले दाबी गरेका छन् ।

‘अमेरिकी सेन्ट्रल कमान्डले भिडियो मात्रै सार्वजनिक गरेको छैन, घटनाको तयारीको योजनासमेत सार्वजनिक गरेको छ’ अमेरिकी सैनिक प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन । भिडियोमा कसैले प्रत्यक्ष आक्रमण गरेको नदेखिए पनि शंकास्पद रहेका मान्छेहरुलाई देखाइएको छ । अमेरिकाले उनीहरुले नै आक्रमण गरेको दाबी गरेको छ ।

गत मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिबन्धको घोषणा गरेसँगै मध्यपूर्वमा अमेरिका इरानबीचको तनाव दिनदिनै बढ्दो अवस्थामा छ । हमलापछि अमेकिराले कुनै पनि प्रकारका आतंकवादी गतिविधिलाई अमेकिराले सहन नसक्ने भन्दै त्यसको जवाफ दिने बताएको छ । तेल ट्याङ्करमाथि भएको हमलापछि तेलको अन्तर्राष्ट्रिय मुल्यमा वृद्धी हुने आशंका गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...