Rajshow Bivag

आजबाट काठमाडौंवासीले पाउने भए मेलम्चीको खानेपानी, कहाँ-कहाँ आउँछ पानी ?

Departmant of helth services

 

काठमाडौं: आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी पुन: वितरण शुरु गरेको छ ।

 

१० महिनापछि मीनभवनस्थित पानीट्यांकीबाट आजदेखि मेलम्चीको पानी पुन: वितरण थालिएको हो ।

 

खानेपानी तथा सरसफाइमन्त्री मन्त्री उमाकान्त चौधरीले आइतबार काठमाडौंको मीनभवनस्थित पानी ट्यांकीबाट पानीको वितरण सुरु गरेका छन् ।

 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाश राईका अनुसार आज मीनभवन, खुमलटार र महाँकाल चौरको ट्यांकीबाट पानीको वितरण सुरु भएको छ ।

 

केयूकेएलको मीनभवन शाखाका अनुसार आज विहान ९ देखि ११ बजेसम्म पानी वितरण गरिएको थियो । तालिका नबनिसकेकाले पानी कतिखेर आउँछ भन्ने तय भइसकेको छैन ।

 

केयूकेएलका शाखाहरुले आफैंले तालिका बनाएर पानी आउने समय सार्वजनिक गर्नेछन् । अनामनगर, बाँसबारी, महाराजगञ्ज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमिको तिगेरी र कटुन्जे पानी ट्यांकीबाट पनि केही दिनमा मेलम्चीको पानीको वितरण सुरु हुनेछ ।

 

केही दिनमै दैनिक एक लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण हुनेछ । गत वर्ष परीक्षा भइसकेका मेलमचीको धारासहित अन्य परीक्षण सकिएका धारामा मेलम्चीको पानी आउनेछ भने नयाँ धाराको निर्माण भइनसकेको र परीक्षण नभएको घरमा पुरानै धारामा पानी आउनेछ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...