YouTube Link

रामेछापका विभिन्न १३ स्थानमा श्रृंखलाबद्ध चोरी

Facebook Link

 

रामेछाप: रामेछाप जिल्लाका विभिन्न स्थानहरुमा विगत २ दिनदेखि श्रृखलाबद्ध रुपमा चोरीहरु भएका छन् ।

 

जिल्लाको गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकामा बिहिबार र शुक्रबार गरी दुई दिनमा विभिन्न १३ स्थानमा चोरीका घट्नाहरु  भएका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थली नगरपालिकाका ८ र गोकुलगंगा गाउँपालिकाका ५ स्थानमा गरी १३ स्थानमा चोरी भएका हुन् ।

 

सडक आसपासका पसल, सहकारी संस्था तथा व्यक्तिका घरहरुमा चोरी भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख राजकुमार थिङ्गले बताए ।

 

चोरीका घट्नाको प्रकृति हेर्दा व्यबसायीक चोरहरुको संलग्नता भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

 

चोरहरुले पन्जा तथा मास्क प्रयोग गरेकाले पत्ता लगाउन कठिन भइरहेको प्रहरी प्रमुख थिङ्गले बताए । उनले चोरहरुको खोजीकार्यलाई तिव्रता दिएको जानकारी दिए ।

 

गोकुलगंगा गाउँपालिकामा बिहिबार राति २ वटा पसल, २ वटा व्यक्तिका घर र १ वटा सहकारी संस्थामा चोरी भएको थियो ।

 

यसैगरी शुक्रबार राति मन्थली नगरपालिकामा ८ स्थानमा चोरी भएको प्रहरीले जनाएको छ । चोरीका दुवै घट्नामा एउटै समुहको संलग्नता रहेको प्रहरीको अनुमान छ ।

 

जिल्लामा यसरी श्रृखलाबद्ध रुपमा एकै पटक यति धेरै स्थानमा चोरीको घट्ना भएको यो पहिलो पटक हो । चोरीको घट्नासंगै सर्वसाधारणहरुमा त्रास बढेको छ ।

 

गाउँमा चोरीको घट्ना भएपछि आफुहरु आतंकित भएको गोकुलगंगा गाउँपालिका-४ बेतालीका सिताराम कार्कीले बताए ।

 

यसैगरी गाउँमा एकै रात ८ स्थानमा चोरी भएकाले आफुहरुमा त्रास श्रृजना भएको सालुका रुपक मगरले बताए ।

 

चोरीको घट्नापछि उक्त क्षेत्र सहित जिल्लाका अन्य स्थानमा पनि सुरक्षा सर्तकता बढाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडिले बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...