प्रचण्डले छोड्ने माधवले जोड्ने !
वि.सं.२०७८ फागुन १३ शुक्रवार १६:३५
2.1K
shares
काठमाडौं: अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सत्तागठबन्धनमा खटपट भईरहेको छ ।
एमसीसीकै कारण माओवादी केन्द्रले सरकार नै छोड्ने मुडमा पुगेको छ ।
माओवादी केन्द्रले यसअघिको सचिवालय बैठकबाटै एमसीसी पास भए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ ।
सोही अनुसार पार्टी हाईअलर्टमा रहेको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी जबरजस्ती पास गरे सरकारबाट बाहिरिने चेतावनी दिसकेका छन् ।
प्रचण्डले गठबन्धनसँग सम्बन्ध तोड्ने कुरा गरिरहँदा उता नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भने गठबन्धनलाई जोड्ने कुरा गरिरहेका छन् ।
आज प्रधानमन्त्री देउवासँग भेटी नेपालले गठबन्धन जोगाउनुपर्ने कुरामा सहमति गरेका हुन ।
एमसीसी जसरी पनि पास गर्ने र त्यससँगै गठबन्धन पनि नतोड्ने गरी अगाडी बढाउनुपर्ने विषयमा सहमति भएको हो ।
नेपालसँग भेटेपछि प्रधानमन्त्री देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की लगायतसँग छलफल थालेका हुन् ।
वि.सं.२०७८ फागुन १३ शुक्रवार १६:३५



















