YouTube Link

आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटमा ओमानमाथि नेपालको सानदार जित

Facebook Link

 

काठमाडौं: नेपालले आइसिसी टि-२० विश्वकप ग्लोबल छनोट ‘ए’ मा ओमानविरुद्ध ३९ रनको जित निकाल्दै सानदार सुरुवात गरेको छ ।

 

नेपालले खराब ब्याटिङका साथ सामान्य लक्ष्य दिएपनि बलिङमा राम्रो सुरुवात गरेको हो ।

 

११८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अलआउट हुँदै ७८ रन मात्र जोड्न सक्यो ।

 

ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।

 

नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिए ।

 

अविनाश बोहरा र जितेन्द्र मुखियाले एक–एक विकेट हात पारे । कमल सिंह ऐरीले नेपाललाई पहिलो ओभरमै सफलता दिलाएका थिए ।

 

कमलले पहिलो ओभरको तेस्रो बलमा कश्यप प्रजापतिलाई दिपेन्द्र सिंह ऐरीबाट शुन्य रनमा क्याच आउट गराएका थिए ।

 

दोस्रो ओभरको पाँचौ बलमा जितेन्द्र मुखियाले अयान खानलाई आशिफ शेखबाट क्याच गराए ।

 

जातिन्दर सिंह छैठौं ओभरको दोस्रो बलमा दिपेन्द्र सिंह ऐरीबाट रनआउट भए ।

 

सन्दीप लामिछानेले सातौं ओभरको चौथों बलमा खबर अलीलाई बोल्ड गरे ।

 

दिपेन्द्र सिंह ऐरीले जिसन मक्सुदलाई आठौं ओभरको पाँचौ बलमा कुशल भुर्तेलबाट क्याच गराए ।

 

अविनाश बोहराले सोएब खानलाई आशिफ शेखबाट क्याच आउट गराए ।

 

सन्दीपले नसिम खुसीलाई १३ औं ओभरको पाँचौ बलमा बोल्ड गरे ।

 

दिपेन्द्रले आमिर कलिमलाई १४ औं ओभरको तेस्रो बलमा एलबिडब्लु आउट गराए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन जोड्न सक्यो ।

 

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोडे । सन्दीप लामिछाने १६ रनमा अविजित रहे ।

 

लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए ।

 

ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे । विलाल खानले दुई–दुई विकेट हात पारे ।

 

फयाज बट, जिसन मक्सुदले एक–एक विकेट लिए । ओमानविरुद्ध नेपालले खराब सुरुआत गरेको थियो ।

 

ओमानका विलाल खानले पहिलो ओभरको छैठौं बलमा आशिफ शेखलाई खवारी अलीबाट क्याच गराए ।

 

विलालले तेस्रो ओभरको चौथों बलमा कुशललाई पुनः खवारीद्धारा क्याच गराएका थिए ।

 

फयाज बटले भने ज्ञानेन्द्रलाई सातौं ओभरको पाँचौ बलमा बोल्ड गरे ।

 

दिपेन्द्रलाई कप्तान जिसन मक्सुदको नवौं ओभरको तेस्रो बलमा नसिम खुसीले स्टम्पीङ गरेका थिए ।

 

खवार अलीले भने लोकेशलाई १४ औं ओभरको दोस्रो बलमा कलिमुल्लाहबाट क्याचआउट गराएका थिए ।

 

खवारले विवेकलाई १६ औं ओभरको अन्तिम बलमा फयाज बटबाट क्याच गराएका थिए ।

 

कमललाई खबारले १८ औं ओभरको दोस्रो बलमा कश्यप प्रजापतिबाट क्याच गराए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...