YouTube Link

तीन दिने “तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०६७” भव्य रुपमा उदघाटन

Facebook Link

काठमाडौं: आदिवासी जनजाति चलचित्र महासंघद्वारा आयोजित तीन दिने “तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०६७” भृकुटीभण्डपस्थित राष्ट्रिय सभा गृहमा भव्य रुपमा उद्घघाटन भएको छ ।

उपराष्ट्रपति नन्दकिशोर पुनको विशेष आतित्थ्यमा उद्घाटन भएको महोत्सवमा विभिन्न जातजातिको झाँकी सहित आ-आफ्नो सांस्कृतिक कला प्रस्तुत गरिएको थियो । महोत्सवको सफलताको शुभकामना दिँदै विशेष अतिथि उपराष्ट्रपति पुनले चलचित्र समाजको सचित्र ‍ ऐना भएकोले यस खालको महोत्सवले जनजातिहरुको मौलिक सांस्कृतिको जगेर्नाका साथै विभिन्न मुलकमा छरिएर रहेका जातजातिलाई एक ढिक्का बन्ने अवसर मिल्ने बताउनुभयो ।

राष्ट्रपति पुनले नेपाल एक बहुभाषी, बहुजाती, बहुधार्मिक, बहुसाँस्कृतिक देश भएकाले आदिमकालदेखि बसोबास गरिरहेका आदिवासीहरुको संस्कार सँस्कृतिमा आधारित चलचित्रको प्रदर्शनले विश्वमा संस्कार संस्कृति चिनाउनमा टेवा पुग्ने बताउनुभयो । साथै उहाँले विविध भाषा संस्कार संस्कृति हाम्रो नेपालमा कतै लोप हुँदै त गएका छैनन् भन्दै यसका जगेर्ना गर्न तर्फ लाग्नुपर्ने बताउनुभयो ।

 

 

कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले नेपालमा मौलिकपरक चलचित्रको निर्माण हुनुपर्नेमा जोड दिए । यदि साँच्चिकै नेपालमा मौलिक र यथार्थपरक चलचित्र निर्माण हुने हो भने नेपालका आदिवासी जनजातिका मौलिक संस्कृतिमा आधारित यथार्थ कथावस्तुमा चलचित्र निर्माणमा सम्भव रहेको बताए ।

अध्यक्ष सुनुवारले आदिवासी चलचित्रले राष्ट्रको मौलिक पहिचान बचाई राख्नुको साथै नेपालको साँस्कृतिक र प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पुर्याउने विश्वासका साथ महासंघले तीन दिने आदिवासी जनजाति चललिचत्र मोहत्सव आयोजना गरेको बताए । चलचित्रको माध्यमद्वारा आदिवासी जनजातिहरुका मौलिक कला–संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण, प्रवर्द्धनका साथै पर्यटन विकास लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ‘आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ कार्यक्रमले सहयोग गर्ने महासंघको लक्ष्य रहेको बताए ।

उद्घाटन समारोहमा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, संघीय समाजवादी नेपालका सांसद राजेन्द्र श्रेष्ठ, नेपाल चलचित्र बोर्डका अध्यक्ष केशव भट्टराई र आदिवासी जनजाति महासंघका उपाध्यक्ष नवीन रोक्का मगरले महोत्सवको शुभ-कामना मन्तव्य व्यक्त गरेका थिए । महोत्सवमा आदिवासी जानजाती चलचित्र, वृत्तचित्र र छोटा चलचित्र गरि २० वटा आदिवासी जनजाती चलचित्र प्रदर्शन गरिनेछ । प्रदर्शन जेठ २४, २५ र २६ गतेसम्म हुनेछ ।

{तस्बीरमा केही झलकहरु}

 

 

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...