बलात्कारी माननीय बानियाँलाई पक्राउ गर्न वारेन्ट जारी
वि.सं.२०७८ फागुन ५ बिहीवार १०:२१
2.8K
shares
काठमाडौं: नेकपा एमालेका नेता एवम् मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जुम्लाकी एक शिक्षिकाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती बलात्कार गरेको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेपछि उनलाई पक्राउ वारेन्ट जारी भएको हो ।
जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको छ ।
ती शिक्षिकाको जाहेरीको आधारमा बिहीबार बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले जानकारी गराए ।
ती शिक्षिकाले बाँनियाले आफूलाई अप्सरा होटलमा दुई पटक बलात्कार गरेको बताएकी छिन ।
उनीविरूद्ध पक्राउ पुर्जी जारी भए त्यसबारे सदनमा जानकारी दिनुपर्ने प्रावधान रहे बमोजिम सभामुख तथा सदनलाई समेत जानकारी दिइएको प्रवक्ता न्यौपानले बताएका छन् ।
सांसद बाँनिया अहिले सम्पर्कबिहिन रहेका छन् ।
वि.सं.२०७८ फागुन ५ बिहीवार १०:२१




















