YouTube Link

एमसीसीको विषयमा निर्णयक छलफल गर्दै सत्ता गठबन्धनका नेताहरु, के आउला निष्कर्ष ?

Facebook Link

 

काठमाडौं: प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहका पाँच पार्टीका नेताहरुको निर्णयक छलफल हुने भएको छ ।

 

आज दिउसो ३ बजे  बस्ने बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा एमसीसी अघि बढ्ने नबढ्ने वा कसरी अघि बढ्छ भन्ने अन्तिम टुङ्गो लगाउने बताइएको छ ।

 

हिजो (बुधबार) प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलपछि आजको बैठक तय भएको हो ।

 

हिजोको प्रतिनिधिसभाको वैठकमै एमसीसी टेबल गर्ने चर्चा थियो । तर कार्यसूचीमा परेन ।

 

हिजोको  संसद् बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार (भोलि)को संसद् बैठकमा एमसीसी टेबल गर्ने बताएका छन् ।

 

यता एमसीसीकै विषयलाई लिएर गबन्धनभित्रै किचलो भएको छ । प्रधानमन्त्री देउवा एमसीसी जसरी पनि अगाडी बढाउने पक्षमा देखिएका छन् ।

 

तर उनकै सत्तासाझेदार दल नकेपा माओवादी , एकीकृत नेकपा समाजवादी यसको विपक्षमा उभिएको छ । यही विषयलाई लिएर राष्ट्रिय जनमोर्चा त पहिले नै सडकमा आईसकेको छ ।

 

उता संघीय समाजवादीभित्र पनि मतभिन्नता रहेको छ ।

 

यस्तो अवस्थामा आजको बैठक नै महत्वपूर्ण हुने देखिन्छ । माओवादीले एमसीसी अगाडी बढाए सरकारबाट बाहिरने चेतावनी समेत प्रधानमन्त्रीलाई दिसकेको छ ।

 

यो अवस्था आए सरकार नै ढल्ने अवस्था समेत आउन सक्ने देखिन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...