YouTube Link

खल्ती एप मार्फत ब्लुबुक नविकरणको शुल्क तिर्न सकिने

Facebook Link

 

काठमाडौं: आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको गरेको छ ।

 

आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइन नै बेलैमा तिर्न मिल्ने गरि खल्तीले आफ्नो एप मार्फत यो सेवा प्रदान गर्न शुरु गरेको हो ।

 

अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको लाभ उठाउन सक्ने भए तापनि आगामी दिनमा यो सुविधा देशैभरि उपलब्ध गराइने छ ।

 

प्रयोगकर्ताहरुले भुक्तानी गर्नुपूर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ ।

 

यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणाली (HYPERLINK “https://tmis.bagamati.gov.np/” टि यम आइ  HYPERLINK “https://tmis.bagamati.gov.np/” य HYPERLINK “https://tmis.bagamati.gov.np/” को वेबसाइट मार्फत सहजै गर्न सकिन्छ ।

 

यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ ।

 

एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताहरूले अब निम्न चरणहरू प्रयोग गरेर नवीकरण ब्लुबुक गर्न सक्छन्:

 

  • खल्ती एपभित्र भएको गभरमेन्ट सर्विसेस मा रहेको “ब्लुबुक रिन्यु” मा नवीकरणमा ट्याप गर्नुहोस् ।
  • आवश्यक विवरणहरू भर्नुहोस् र भुक्तानी गर्न अगाडि बढ्नुहोस् ।

 

नयाँ प्रयोगकर्ता या पहिलो पटक यो सेवा प्रयोग गर्न लाग्नुभएका महानुभावहरूलाई कुनै अन्योल नहोस् भनेर स्याम्पल बिल पनि उपलब्ध एप मै उपलब्ध गराइएको छ ।

 

भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै Khalti मा प्राप्त हुनेछ भने VRS द्वारा उपलव्ध गराईने बिल प्रयोगकर्ताहरुले १० मिनेटमा खल्ती बाटै प्राप्त गर्नेछन् ।

 

खल्ती होमपेजको ट्रान्ज्याक्शन मा गइ दुबै बिल प्राप्त गर्न सकिन्छ ।

 

थप प्रक्रियाको लागि तपाईले ३० दिनभित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्नुहोला ।

 

‘HYPERLINK “http://www.khalti.com/app” खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो ।

 

२० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६०,०००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।

 

यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ति’ले योगदान दिँदै आएको छ ।

 

Khalti.com/app बाट खल्ती डाउनलोड गर्न सकिन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...