YouTube Link

नेटवर्क मार्केटिङमा पिरामिड बनावट (Pyramid Structure)

Facebook Link
vision

 

नेटवर्क मार्केटिङमा कमिशन तथा बोनस प्रवाहका लागि बाइनरी, मेट्रिक्स, क्वाइनरी आदि जस्ता विभिन्न कम्युटर सफ्टवेयर प्रोग्रामिङबाट निर्मित योजनाको आधार लिइन्छ । यस्ता योजनालाई प्रोग्रामिङ गर्दा कम्प्युटरलाई एउटा आधारभूत सिद्धान्तको आवश्यक्ता पर्दछ र त्यसैअनुसार नेटवर्क मार्केटिङमा कमिशन तथा बोनस प्रवाह प्रक्रिया निर्माण हुन्छ । सिद्धान्तकै आधारमा पिरामिड शैली भनेर अपव्याख्या गर्दै जाने हो भने त सिंगो कम्प्युटर प्रणाली नै पिरामिड सावित हुन आउँछ । त्यसोभए के अब कम्प्युटरलाई पनि पिरामिड बनावट करार गरी प्रतिबन्धित गर्ने त ?

 

कमिशन तथा बोनस प्रवाह प्रणाली पिरामिड बनावट हो अथवा होइन भन्ने निर्दिष्ट गर्न कम्पनीले अवलम्बन गरेको प्रणालीबाट कमिशन तथा बोनस प्रवाह गरिँदा पुरै प्रारुप (जस्तो कि बाइनरीमा १, २, ४, ८ …) भरिनै पर्ने अवस्था भएमा अनि अगाडि आवद्ध स्वतन्त्र प्रतिनिधिले नै बढी आम्दानी गर्ने शर्त तथा अवस्था स्पष्ट देखियो भने त्यो पिरामिड बनावट हो । यसअलावा पुरै प्रारुप भरिन नपर्ने अनि पछि आवद्ध स्वतन्त्र प्रतिनिधिले पनि अगाडि आवद्ध स्वतन्त्र प्रतिनिधिभन्दा बढी आम्दानी गर्ने अवस्था प्रशस्त गरिएको भए त्यो पिरामिड बनावट मानिनु हुन्न भनेर प्रत्यक्ष व्यापार संघको विश्वव्यापी महासंघ (World Federation of Direct Selling Associations) ले समेत स्पष्ट गरेको पाइन्छ ।

 

वहस गरिनु पर्ने केहि तथ्यहरु

नेटवर्क व्यवसाय तथा व्यापारमा आवद्ध केही चाटुकार लिडर भनाउँदहरुले प्रतिनिधि (सदस्य) लाई दिग्भ्रमित पारिएको तथा दिगभ्रमित भएको पाइन्छ ।  त्यस्ता केही विषय निम्नानुसार राखिएका छन् र साथमा वास्तविकता पनि व्याख्या गरिएको छ ।

 

क) थोरै लगानीबाट धेरै आम्दानी गर्न पाइनेः प्रत्यक्ष व्यापार कम्पनीमा आवद्ध हुने स्वतन्त्र प्रतिनिधिले शुरुमा दिएको रकम लगानी होइन, बरु कम्पनीले प्रारम्भमै प्रस्ताव गरेको वस्तु वा सेवाको प्याकेजको मूल्य हो । यसअर्थमा स्वतन्त्र प्रतिनिधि (सदस्य) ले शुरुमा दिएको रकमको सट्टामा वस्तु वा सेवाको प्याकेज लिएको हुन्छ, एकहातले रकम दिने र अर्को हातले प्याकेज लिने । तर संस्कारविहीनताका कारणले अथवा पर्याप्त जानकारीको अभावले गर्दा पहिल्यै आवद्ध स्वतन्त्र प्रतिनिधि (सदस्य) हरुले नयाँ स्वतन्त्र प्रतिनिधि (सदस्य) हरुलाई यो बुँदाको प्रारम्भमा व्याख्या गरिएको वाक्यांश थोरै लगानीबाट धेरै आम्दानी गर्न पाइने भनेर भ्रममा पारिएको देखिन्छ जबकि त्यो रकम लगानी नभएर कम्पनीले प्रवद्र्धन गरेको वस्तु तथा सेवाको प्याकेजको मूल्य हो भने अर्कोतिर धेरै आम्दानी भन्ने अर्थमा पनि यदि स्वतन्त्र प्रतिनिधिले कम्पनीद्वारा प्रस्ताव गरिएको शर्तप्रक्रिया पूरा गरेको अवस्थामा कम्पनीले प्रवद्र्धन गरेको वस्तु तथा सेवाको बजारीकरणबाट प्राप्त मुनाफाबाट कमिशन पाइने हो र जसले बढि बजारीकरण गर्दछ उसले बढि प्राप्त गर्दछ अनि जसले बजारीकरण नै गर्दैन उसले पाउँदैन ।

 

एकाध व्यक्तिहरुको सीमित स्वार्थसिद्धिका लागि राज्यस्तरमा जल्दोबल्दो समस्याका रुपमा रहेको बेरोजगारिताको समाधानार्थ बिँडा उठाइरहेका कम्पनी तथा व्यवसायलाई निरुत्साहित राज्यस्तरबाट गरिनु दुर्भाग्यपूर्ण हो ।

 

निदानः

यदि कुनै सदस्यले यस्तो दोषारोपण गरेको अवस्थामा नेटवर्क व्यवसायी कम्पनीले आफ्नो तर्पmबाट सफाई प्रस्तुत गर्ने कुनै मौकै नदिइकन सोभैm कार्यवाही गरी कम्पनी नै बन्द गर्नु राज्यको आर्थिक समुन्नतीको मार्गमा अभिशापभन्दा अरु केहि होइन । एकाध व्यक्तिहरुको सीमित स्वार्थसिद्धिका लागि राज्यस्तरमा जल्दोबल्दो समस्याका रुपमा रहेको बेरोजगारिताको समाधानार्थ बिँडा उठाइरहेका कम्पनी तथा व्यवसायलाई निरुत्साहित राज्यस्तरबाट गरिनु दुर्भाग्यपूर्ण हो । यस्तो अवस्थामा राम्ररी अध्ययनअनुसन्धान गरेर दोषीलाई कार्यवाही गर्दै राम्रो काम गर्नेलाई पुरस्कारको व्यवस्थासहित अभिप्रेरित गर्ने नीति राज्यले अविलम्व अख्तियार गर्नु वर्तमान समयको माग हो । स्मरण गराउन चाहन्छौँ, प्रत्यक्ष व्यापार कम्पनीमा आवद्धतावापत दिइएको रकमलाई “लगानी” भनेर भन्ने व्यक्ति गलत हुन्छ, कम्पनी होइन । तसर्थ यस्तो गलत अवधारणाको शिकार बनेका व्यक्तिलाई परामर्श गरेर लैजाने तथा गलत अवधारणाको पैरवी गरेर सर्वसाधारणलाई गुमराह गर्नेलाई नसीहत, सजाय आदि जे उचित हुन्छ त्यो गरिनु पर्दछ ।

 

ख) आवद्ध भइ सके पछि कामै नगरी बसी बसी आम्दानी हुनेः प्रत्यक्ष व्यापार कम्पनीमा आवद्ध भैसकेका स्वतन्त्र प्रतिनिधि (सदस्य) हरुले नयाँ प्रस्तावित स्वतन्त्र प्रतिनिधि (सदस्य) हरुलाई कामै नगरी बसी बसी आम्दानी हुने प्रलोभन देखाएको पनि पाइन्छ जबकि प्रत्यक्ष व्यापार गर्ने कुनै पनि कम्पनीले बसी बसी आम्दानी हुने योजना प्रत्यक्ष व्यापार गर्ने कम्पनीहरुको इतिहासमा आजसम्म ल्याइएको पाइन्न । यो फरक कुरा हो कि नयाँ आवद्ध स्वतन्त्र प्रतिनिधि (सदस्य) लाई उत्प्रेरणा दिनका लागि कम्पनीले मुनाफाको हिस्साबाट थोरै अंश बोनसका रुपमा प्रदान गर्ने व्यवस्था भने पाइन्छ । प्रारम्भमा निश्चित समय कडा मिहिनेत गरेर रिटायर (सेवानिवृत्त) भएपछि पेन्शन अथवा रेसिड्युअल आयका रुपमा केहि कम्पनीमा पाइआएको भने हामी सबैलाई थाहै छ, त्यो पनि शुरुमा अनेक कडा मिहिनेतपूर्वक काम गरेको पारितोषिकका रुपमा ।

 

नेटवर्क व्यवसायी कम्पनीले प्रबन्धपत्रमा तथा नियमावलीमा व्याख्या गर्दैन गरेको यो हदसम्मको अफवाह फैलाएर सोझासिधा सर्वसाधारणलाई झुक्याउनु निश्चितरुपमा दण्डनीय कार्य हो र यसबाट त्यस्ता फटाही गर्नेले उन्मुक्ति कदापि पाउनु हुँदैन ।

 

निदानः

नेटवर्क व्यवसायी कम्पनीले प्रबन्धपत्रमा तथा नियमावलीमा व्याख्या गर्दैनगरेको यो हदसम्मको अफवाह पैmलाएर सोझासिधा सर्वसाधारणलाई झुक्याउनु निश्चितरुपमा दण्डनीय कार्य हो र यसबाट त्यस्ता फटाही गर्नेले उन्मुक्ति कदापि पाउनु हुँदैन । यस्तो अवस्थामा त्यस्ता नीचतापूर्ण अफवाह फैलाउने व्यक्तिहरुलाई नसीहत, सजाय जे गर्नुपर्दछ, गरेर निजलाई सुशिक्षित गरी योग्य नागरिकका रुपमा समेत स्थापित गर्ने नीति प्रभावकारी बनाउनु असल सरकारको दायित्व हो । स्मरण गराउन चाहन्छौँ, कम्पनीले व्यवस्था गर्दै नगरेको अवस्थामा “बसी बसी आम्दानी हुन्छ” भनेर कसैले सर्वसाधारणलाई प्रलोभन दिन्छ र यस्तो कुरामा विश्वास गरेर कसैले कम्पनीमा आवद्धता जनाउँछ भने यी दुवै सजायका भागीदार हुन्छन्, यी दुईलाई कार्यवाही गरी बाँकि स्वच्छतापूर्वक कार्यसम्पादन गर्नेहरुका लागि मार्गप्रशस्त गर्नु न्यायिक निकायको सत्धर्म हुन आउँछ । यसप्रकार बसी बसी आम्दानी हुने भन्ने झुठो प्रचारबाजी गर्ने एकाध व्यक्तिको गलत हर्कतलाई आधार बनाएर सिङ्गै कम्पनी अनि उद्योगलाई धाराशयी पार्नु, निरुत्साहित गर्नु पक्कै पनि सही होइन । समयमै सम्बन्धित निकायको यसतर्फ ध्यान गम्भीरतापूर्वक आकृष्ट हुन जरुरी देखिन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...