YouTube Link

पशुपतिनाथ मन्दिरको अर्बौंको सम्पत्ति सार्वजनिक

Facebook Link

काठमाडौं: पशुपतिनाथ मन्दिरको खर्बौ रुपैयाँ बराबरको चलअचल सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिरको सम्पत्ति तथा गुठी जग्गाको विवरण पत्ता लगाउत गठन गरेको छानबिन समितिले सो कुरा बाहिर ल्याएको हो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तथा छानबिन समितिका संयोजक मिलन कुमार थापाले पशुपति मन्दिरको नाममा एक अर्ब २९ करोड ३८ लाख ३१ हजार २ सय १५ रुपैयाँ ५२ पैसा नगद सहित एक हजार ४४ दशमलभ ६४ ग्राम अर्थात् ८९ दशमलभ ५६ तोला सुन र एक लाख ४१ हजार एक सय २८ दशमलभ ७५ ग्राम (१२ हजार ९९ दशमलभ ७१ तोला) चाँदी जिन्सी सम्पत्ति रहेको विवरण सहितको प्रतिवेदन सार्वजनिक गरे ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पशुपति मन्दिरको अचल सम्पत्तिको रुपमा विभिन्न क्षेत्रमा गरि करिब ६ हजार ७ सय रोपनीको हाराहारीमा जग्गा रहेको पनि जानकारी दिए । हालसम्म कोषमा दाखिला दर्ता रहेको मन्दिरको संरक्षण तथा गुठीको जग्गा ३ हजार ६ सय ६७ रोपनी, ४ आना ३ दाम (३६६७–४–३–०) रहेको र २ सय ३१ रोपनी १० आना एक पैसा (२३१–१०–०–१) दर्ता हुन बाँकी रहेको प्रतिवेदनले देखाएको छ ।

यसको अलवा पशुपति विकास कोषकै एक हजार एक सय ६१ रोपनी १४ आना ३ दाम क्षेत्रफलको जग्गा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र गल्फ कोर्षलाई ९९ वर्षका लागि भाडामा दिएको बताइएको छ । त्यस्तै कोषको करिब १७ रोपनी जग्गा भने मोहीको रुपमा तारागाउँ रिजेन्सी होटलले भोगचलन गरिरहेको समेत प्रतिवेदनमा खुलाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...