यस वर्षको एसइई परीक्षा तालिका सार्वजानिक
वि.सं.२०७८ माघ २७ बिहीवार ०८:४२
2.9K
shares
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष एसइईको आन्तरिक मूल्याङ्कन गरेको र त्यसअघिका एसइई परीक्षा चैत महिनामा हुँदै आएकामा यस वर्ष भने कोरोना महामारीका कारण पढाइको कक्षा प्रभावित भएकाले पढाइलाई पूर्णता दिनका लागि बोर्डले नियमित समयभन्दा एक महिना ढिलो गरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस वर्षको परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ ।
हेर्नुहोस् परीक्षाको तालिका

वि.सं.२०७८ माघ २७ बिहीवार ०८:४२




















