कोभिड-१९ महामारीकाबीच बेइजिङ शीतकालिन ओलम्पिक सुरु
वि.सं.२०७८ माघ २२ शनिवार १३:४०
2K
shares
बेइजिङ: कोभिड-१९ महामारी र उइगुर समुदायमाथि चिनियाँ ब्यवहारजस्ता चुनौतिबीच बेइजिङ शीतकालिन ओलम्पिक्स सुरु भएको छ ।
९० मुलुकका ३ हजार खेलाडीले प्रतियोगितामा भाग लिएका भव्य समारोहमा राष्ट्रपति सी जिनपिङले ओलम्पिक सुरुआत भएको घोषणा गरे ।
बेइजिङ सहर शीतकालिन र ग्रीष्मयाम ओलम्पिक आयोजना गर्ने पहिलो सहर बनेको छ ।
सन् २००८ मा बेइजिङले समर ओलम्पिक गेम आयोजना गरेको थियो ।
विन्टर ओलम्पिकको शुभारम्भ समारोहमा पाँच हजार वर्ष पुरानो चिनियाँ सभ्यता झल्काउने झाँकी प्रस्तुत गरिएको थियो ।
शुभारम्भ समारोहमा बोल्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो मुलुकलाई खेलकुद पावरहाउस बनाउने भनाई दोहोर्याए ।
कोरोना संकटको कारण ‘क्लोज्ड लुप’ भनिने ओलम्पिक भिलेजमा प्रतियोगिता आइरहेका छन् ।
उक्त थलोबाट खेलाडी र डेलिगेट्सलाई बाहिरी मानिसहरुको सम्पर्कमा जान दिइएको छैन ।
अन्तर्राष्ट्रिय फ्यानलाई पनि प्रतियोगितामा जान अनुमति दिइएको छैन ।


वि.सं.२०७८ माघ २२ शनिवार १३:४०



















