साताको पहिलो दिन सेयर बजारमा हरियाली, ७८ अंकले बढ्यो
वि.सं.२०७८ माघ १६ आइतवार १४:५८
2K
shares
काठमाडौं: साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै ७८ अंकले बजार बढेको हो ।
नेपाल लघु वित्तिय संस्था, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शिभश्री हाइड्रो पावर कम्पनीले लगायतले आजको बजारमा हरियाली ल्याउन सहयोग गरेका छन् ।
बजार खुलेसँगै कुमारी इक्वीटी फन्ट, निफ्रा, पोखरा फाइनान्स, एचआइडिसिएल, लुम्बिनी जेनरल इन्सुरेन्स लगायतको माग बढीरहेको छ ।
सरकारले स्थानीय तहको निर्वाचन निर्धारित समयमै गर्ने घोषणा गरेसँगै सेयर बजारमा सुधार देखिएको छ ।
वि.सं.२०७८ माघ १६ आइतवार १४:५८




















