आहा रारा गोल्डकप फुटबलको आज उपाधिका लागि मनाङ र एपीएफ भिड्दै, कसले मार्ला बाजी ?
हालसम्मका आहा रारा गोल्डकपको विजेता टिमहरुको तालिका सहित
वि.सं.२०७८ माघ १५ शनिवार ०८:०९
2.6K
shares
काठमाडौं: पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको लागि आज उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् ।
पोखरा रंगशालामा हुने यी दुईबीचको उपाधि भिडन्त दिउँसो २ बजे सुरु हुनेछ ।
आज दुवै टोली उपाधि जित्ने योजना सहित मैदानमा उत्रने छन् रहेका छन् ।
६ पटकको उपाधि विजेता मनाङ ७औं पटक उपाधि आफ्नो पोल्टामा पार्ने योजना सहित मैदानमा उत्रने छ ।
एपीएफ भने पहिलो पटक उपाधि उचालेर इतिहास रच्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै १२औं पल्ट फाइनलमा प्रवेश गरेको थियो भने एपीएफलले सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै उपाधिका लागि १४ वर्षपछि फाइनलमा मनाङसँगको भेट पक्क गरेको हो ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छन् ।
यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।
हालसम्मका आहा रारा गोल्डकपको विजेता टिमहरु यस प्रकार रहेका छन्:-
– क्याराभान गोल्डकप २०५८: नेपाल पुलिस क्लब vs मनाङ मर्स्याङ्दी क्लब २–१
– पहिलो आहा रारा गोल्डकप २०५९:- नेपाल पुलिस क्लब vs फ्रेन्ड्स क्लब १–०
– दोस्रो २०६०:- मनाङ मर्स्याङ्दी क्लब vs नेपाल पुलिस क्लब ३–१
– तेस्रो २०६१:- मनाङ मर्स्याङ्दी क्लब vs नेपाल पुलिस क्लब ३–२
– चौँथो २०६२:- अफ्रिकन युनाइटेड क्लब vs नेपाल पुलिस क्लब २–०
– पाँचौ २०६३:- थ्रीस्टार क्लब vs मनाङ मर्स्याङ्दी क्लब १–१ (५–४ टाइब्रेकर )
– छैठौं २०६४:- नेपाल पुलिस क्लब vs एपीएफ क्लब २–०
– सातौं २०६५:- पुलिस क्लब vs त्रिभुवन आर्मी ५–०
– आठौं २०६६:- नेपाल पुलिस क्लब vs त्रिभुवन आर्मी १–०
– नवौं २०६७:- थ्रीस्टार क्लब vs मनाङ मस्र्याङ्दी क्लब १–०
– १०औं २०६८:- मनाङ मर्स्याङ्दी क्लब vs जावलाखेल युथ क्लब २–०
– ११औं २०६९:- थ्रीस्टार क्लब vs सहारा क्लब १–०
– १२औं २०७०:- सहारा क्लब vs मनाङ मर्स्याङ्दी क्लब १–०
– १३औं २०७१:- थ्रीस्टार vs मनाङ मर्स्याङ्दी क्लब १–०
– १४औं २०७२:- मनाङ मर्स्याङ्दी क्लब vs त्रिभुवन आर्मी क्लब १–०
– १५औं २०७३:- मनाङ मर्स्याङ्दी क्लब vs सहारा क्लब १–०
– १६औं २०७४:- नेपाल पुलिस क्लब vs थ्रीस्टार क्लब १–०
– १७औं २०७५:- थ्रीस्टार क्लब vs त्रिभुवन आर्मी क्लब २–२ (सडेन डेथमा थ्रीस्टार विजयी)
– १८औं २०७६:- मनाङ मर्स्याङ्दी क्लब vs नेपाल पुलिस क्लब ४–३
– १९औं २०७७:- संकटा क्लब vs अफ्रिकन रुट्स एसोसिएसन ४–३ (पेनाल्टी सुटआउटमा विजयी)
– २०औं २०७८: मनाङ मर्स्याङ्दी क्लब vs विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै
वि.सं.२०७८ माघ १५ शनिवार ०८:०९



















