YouTube Link

विश्वकप दक्षिण अमेरिकी छनोटमा ब्राजिल र इक्वेडरले खेले बराबरी

Facebook Link

 

एजेन्सी: ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा घरेलु टोली इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको छ ।

 

आज बिहान भएको खेलमा ब्राजिलका लागि क्यासमिरोले गोल गर्दा घरेलु टोलीका फेलिक्स टोरेसले बराबरी गोल फर्काए ।

 

दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो ।

 

खेलको छैटौं मिनेटमा कप्तान क्यासमिरोको गोलबाट पाहुना टोली ब्राजिलले सुरुवाती अग्रता लिन सफल भएको थियो ।

 

खेलको १५औं मिनेटमा इक्वेडर १० खेलाडीमा समेटिन पुग्यो । म्याथिअस कुन्हामाथि रेफ्रीले भिएआरको सहायता लिदै गोलरक्षक एलेक्सान्डर डोमिनग्वेजलाई सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएको थियो ।

 

खेलको २०औं मिनेटमा ब्राजिल पनि १० खेलाडीमा समेटिन पुग्यो । इमर्सन रोयल दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगेका थिए ।

 

दुवै टोली १० खेलाडीमा समेटिएर खेल्दा ब्राजिलले बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि दोस्रो हाफमा गोल खान पुग्यो ।

 

खेलको ७५औं मिनेटमा फेलिक्स टोरेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

 

त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

 

बराबरीसँगै शीर्षस्थानमा रहँदै विश्वकपमा स्थान बनाइसकेको ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा अपराजित यात्रालाई निरन्तरता दिन सफल भएको छ ।

 

ब्राजिलले १४ खेल खेल्दा ११ जित र ३ बराबरीको नतिजा निकालेर ३६ अंक जोडेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...