चिरप्रतिद्धन्दी इराकलाई हराउँदै इरान फिफा विश्वकपको लागि छनोट
वि.सं.२०७८ माघ १४ शुक्रवार ०८:५५
1.9K
shares
काठमाडौं: चिरप्रतिद्धन्दी इराकलाई १–० गोल अन्तरले पराजित गर्दै इरानले फिफा विश्वकप कतार २०२२ को लागि आफ्नो स्थान पक्का गरेको छ ।
इरान एसियाली मुलुकबाट २०२२ को विश्वकपमा स्थान सुरक्षित गर्ने पहिलो देश बनेको छ ।
इरानको जितमा खेलको ४८औं मिनेटमा मेधी तारेमीको एक मात्र गोल निर्णायक बन्यो ।
इरानले समूह ‘ए’ मा सात खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा रहँदै विश्वकपको यात्रा तय गरेको हो ।
वि.सं.२०७८ माघ १४ शुक्रवार ०८:५५



















