YouTube Link

‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रलाई हराउँदै एपिएफ आहा रारा गोल्डकपको फाइनलमा प्रवेश

उपाधिका लागि मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मीबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने

World Cup 2026
Facebook Link

 

 

काठमाडौं: ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई हराउँदै विभागीय नेपाल एपिएफ फुटबल क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

 

पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा १० खेलाडीमा सिमित मछिन्द्र फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै एपीएफ फाईनलमा पुगेको हो ।

 

एपीएफलाई जित दिलाउन सनिश श्रेष्ठ, प्रदिप लामा र नविन लामाले एक एक गोल गरे ।

 

मछिन्द्रका ओमोलाजा करिमले एक गोल फर्काए ।

 

खेलको २५औं मिनेटमा सनिशले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।

 

तर, खेलको ४०औं मिनेटमा ओमोलाजाले गोल गर्दै मछिन्द्रलाई १-१ को बराबरीमा ल्याएका थिए ।

 

खेलको ६९औं मिनेटमा प्रदिपले गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए ।

 

यस्तै खेलको ७१औं मिनेटमा करिमले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा मछिन्द्र १० खेलाडीमा समेटिएको थियो ।

 

खेलको अतिरिक्त समयमा कप्तान नविनले गोल गर्दै एपीएफलाई ३-१ को सहज जित दिलाए ।

 

एपीएफ १४ वर्षपछि आहा राराको फाइनल पुगेको हो ।

 

यस अघि २०६४ मा एपीएफले फाइनल खेलेको थियो ।

 

अब एपीएफले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...