सहयोग सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तान प्रस्थान
वि.सं.२०७८ माघ २ आइतवार ११:१७
2.1K
shares
काठमाडौं: सहयोग सामग्री लिएर नेपाली टोली आइतबार बिहान हिमालय एयरलाइन्सको विमानमार्फत परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तान प्रस्थान गरेको छ ।
औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री सहित नेपालले अफगानी जनतालाई सहयोग गर्न लागेको हो ।
काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए ।
संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने पनि मन्त्री खड्काले बताए ।
सरकारले विभिन्न दातृ संस्था र निजी क्षेत्रबाट संकलित सामग्री अफगानी जनताका लागि पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अमेरिकी सेना फर्किएपछि सार्क मुलुक अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जामा लिएको छ ।
तालिबानको सत्तालाई अन्तर्राष्ट्रिय समुदायले समर्थन जनाएका छैनन् ।
तालिबानको शासनसँगै अफगानिस्तानमा भुखमरी र स्वास्थ्य समस्या विकराल बन्दै गएको समाचारहरु प्रकाशित भएका छन् ।
वि.सं.२०७८ माघ २ आइतवार ११:१७



















