YouTube Link

टिशा र प्रारम्भले जिते यु-१६ जुनियर अक्वाथलनको उपाधि

World Cup 2026
Facebook Link

 

काठमाडौं: टिशा महर्जन र प्रारम्भ भण्डारी दोश्रो जुनियर अक्वाथलनको यु-१६ तर्फ बिजयी भएका छन् ।

 

नेपाल ट्राईयाथलन संघको आयोजना तथा लिटिल डलफिन स्वीम स्कुलको सहआयोजनामा भएको प्रतियोगिताको २०० मिटर दौड, ४०० मिटर पौडी र १०० मिटर दौडको दुरी महिला तर्फ २४ मिनट ५६ सेकेन्डका साथ टिशाले र पुरुष तर्फ २३ मिनट ५४ सेकेन्डका साथ प्रारम्भले पहिलो स्थान हात पारेका हुन् ।

 

महिला तर्फ आजमी श्रेष्ठले २६ मिनट ३९ सेकेन्डका साथ दोश्रो र रोशा न्यौपानेले ३१ मिनट २६ सेकेन्डका साथ तेश्रो स्थान हात पारे ।

 

यस्तै पुरुष तर्फ तेन्जिङ्ग रायन गुरुङ्गले २४ मिनट ११ सेकेन्डका साथ दोश्रो र २५ मिनट ३८ सेकेन्डका साथ जादेन श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे ।

 

बिजयी पहिलो स्थान हात पार्ने खेलाडीहरुले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।  यस्तै दोश्रोले ३ हजार र तेश्रोले २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

 

महिला तर्फ स्वस्तिका भण्डारीले चौथो स्थान प्राप्त गर्दै १ हजार नगद सान्त्वना पुरस्कार प्राप्त गरिन् । पुरुष तर्फ सनिल थापा मगर र अजल काजी ताम्राकारले चौथो र पाँचौ स्थानका साथ नगद १ हजार सान्त्वना प्राप्त गरे ।

 

सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको यु १३ महिला तर्फ आर्या महर्जन पहिलो भईन् । उनले ३२ मिनट ३९ सेकेन्डका साथ उक्त दुरी पुरा गरेकी हुन् ।

 

दोश्रो स्थानमा आश्ना श्रेष्ठ ३३ मिनट ५३ सेकेन्डमा र तेश्रो स्थानमा आकंक्षा श्रेष्ठ ३६ मिनट ५६ सेकेन्डमा दुरी पुरा गर्न सफल भए । यस्तै पुरुष तर्फ आरोहण भण्डारीले २५ मिनट ३८ सेकेन्डका साथ निर्धारित दुरी पुरा गर्दै प्रथम स्थान हात पार्न सफल भए ।

 

दोश्रो स्थानमा अथर्व सिंह रहे । उनले २५ मिनट ५८ सेकेन्डमा दुरी पुरा गरे । तेश्रो स्थानमा रहेका प्रसर्य श्रेष्ठले ३३ मिनट ३२ सेकेन्डमा दुरी पुरा गरे ।

 

बिजयी पहिलो स्थान हात पार्ने खेलाडीहरुले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।  यस्तै दोश्रोले ३ हजार र तेश्रोले २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

 

यु-१० तर्फ एक मात्र सानी खेलाडी ज्योत्सना भट्टले प्रतियोगितामा सहभागिता जनाए बापत सान्त्वना बापत नगद १ हजार प्राप्त गरिन् ।

 

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी माननिय युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ र नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

 

प्रतियोगितामा २५ खेलाडीहरुको उपस्थिती रहेको थियो । प्रतियोगितालाई किङ्गस् एण्ड क्रल, काठमाण्डौ फर्टिलिटी सेन्टर, सुमिङ्ग प्यारेन्ट एसोसियशन, ब्लाक बक्स टेक्नोलोजी, एग्रो थाई फुड, के एण्ड के प्रिन्टिङ्ग, रोयल हुक्का, गरिमा विकास बैंक, थानकोट मेडिकल हलले प्रायोजन गरेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...