एन्फाको १५औं कार्यसमिति बैठक आज बस्दै, विभिन्न १९ एजेण्डामा छलफल हुने
वि.सं.२०७८ पुस २२ बिहीवार १०:१७
1.7K
shares
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा १५औं कार्यसमिति बैठक आज बस्दैछ ।
बैठकमा विभिन्न १९ एजेण्डामा छलफल हुने बताईएको छ ।
बैठकमा नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई पुरस्कृत गर्ने, राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल संचालन गर्ने, सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग, महिला राष्ट्रिय लिग लगायतका विषयमा छलफल हुनेछ ।
यस्तै विभिन्न समिति तथा उप-समितिहरुको गठन तथा पनर्गठन, आर्थिक तथा कर्मचारी नियमावली संशोधन, राष्ट्रिय टिम बिदेश भ्रमणमा जांदाको पेश्की सम्बन्धमा र खेलाडीहरु तथा टिममा सहभागी प्रशिक्षक एवम अफिशियलहरुको सेवा सुविधा, फिफाद्धारा प्रदान गरीएका आर्थिक निर्देशन तथा अनुसन्धानको सुझावहरु, जिल्ला, प्रदेश, एन्फा प्रेसिडेन्ट कप तथा राष्ट्रिय लिगबारे, संघको नियमित साधारण, निर्वाचन निर्देशिका लगायतका विषयमा छलफल हुनेछ ।
वि.सं.२०७८ पुस २२ बिहीवार १०:१७




















