Texas College
YouTube Link

तीन नम्बर प्रदेशमा विश्वविद्यालय स्थापना गर्न बनेको अध्ययन तथा सिफारिस समितिले बुझायो मुख्यमन्त्रीलाई प्रतिवेदन

Facebook Link

काठमाडौं: तीन नम्बर प्रदेशमा विश्वविद्यालय स्थापना गर्न बनेको अध्ययन तथा सिफारिस समितिले मुख्यमन्त्री डोरमणि पौडेललाई प्रतिवेदन बुझाएको छ ।

प्रदेश सरकारको गत पुस २९ बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार प्रदेश ३ मा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्न सामाजिक विकास मन्त्रीको युवराज दुलालको संयोजकत्वमा अध्ययन तथा सिफारिस समिति बनेको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका राम्रा र नराम्रा अभ्यासहरुको अध्ययनपछि प्रतिवेदन तयार पारी सोमवार मुख्यमन्त्रीलाई बुझाइएको कार्यदलका संयोजक तथा सामाजिक विकास मन्त्री दुलालले जानकारी दिए । प्रतिवेदन तयार गर्न कार्यदललाई दुई महिनाको समय दिइएकोमा समय अपुग भएपछि ४५ दिनको समय थप गरिएको थियो ।

प्रदेश विश्वविद्यालय अहिलेको तुलनामा बढि प्राज्ञिक स्वतन्त्रता हुनुपर्ने, आर्थिक लगानी तथा वित्तीय व्यवस्थापन आफैंले गर्न सक्ने हुनुपर्ने, उच्च स्तरको शैक्षिक अध्ययन र अनुसन्धान केन्द्रको रुपमा हुनुपर्ने सुझाव दिइएको कार्यदल जनाएको छ ।

शैक्षिक क्षेत्रका विज्ञहरु, प्रदेश सभाका सदस्यहरु, स्थानीय तहका प्रतिनिधिहरुकोसँगको छलफल पछि प्रतिवेदन निर्माण गरिएको दुलाल जानकारी दिए । कार्यदलको सदस्यहरुमा शिक्षा क्षेत्रका विज्ञहरु डा. युवराज संग्रौला, प्रा.डा. रमेश प्रसाद भट्टराई, प्रा.डा. अन्जना सिं, प्रा.डा. हरिकृष्ण श्रेष्ठ र इन्जिनियर डा. जगत बहादुर श्रेष्ठ रहेका रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...