YouTube Link

नेकपा-मालेको केन्द्रीय कमिटीको बैठक जारी, सत्तरी वर्ष उमेर पुगेकालाई सल्लाहकारमा बस्नुपर्ने केन्द्रीय सदस्यहरुको प्रस्ताव

Facebook Link

काठमाडौं: नेकपा-मालेको केन्द्रीय कमिटीको वैठक पार्टी कार्यालय रातोपुलमा जारी छ । नेकपा-माले २०७४ को स्थानीय, संघ, प्रदेशको निर्वाचनमा पराजय भएपछि पार्टी पराजय हुनको कारण र राजनैतिक वर्तमान अवस्था र पार्टीको रणनीतिक कार्यदिशाका बारेमा छलफल भएको जनाएको छ ।

प्रजातान्त्रिक राष्ट्रवादीहरुसँग गरेको तालमेल, नागरिता वद्येयक सम्वन्धमा र विश्व राजनैतिक ध्रुबीकरण साथै प्रदेशस्तरका काम कारबाहीको बारेमा सबैको एकमत भएपनि पार्टीको नीति कार्यक्रम, कार्यन्वन गर्ने सवालमा र जिम्मेवारी वाँडफाँडमा भने सधै झै पुरानै प्रवृति हावी हुने गरेको र ७औं केन्द्रीय कमिटीको ११औं पुर्ण बैठकको छलफल, उपस्थिति, र केन्द्रीय सदस्यहरुले विषयहरु पनि त्यस्तै खालका पेश भएका छन् ।

– ७० वर्ष उमेर पुगेकालाई सल्लाहकारमा बस्नुपर्ने प्रस्ताव
पोल्टीब्यूरो सदस्य एवं पूर्व मन्त्री खगेन्द्र प्रसाइले केन्द्रीय कमिटीको वैठकमा ७० वर्ष उमेर पुगेका पार्टीका नेताहरु सल्लाहकारमा बसेर युवाहरुको काँधमा पार्टीको जिम्मेवारी दिनुपर्ने प्रस्ताव ल्याएका छन ।

– पूर्णकालिन र अल्पकालिन वर्गीकरण गर्नुपर्ने प्रस्ताव
पोल्टीब्यूरो सदस्य एवं प्रदेश नम्बर ३ का सचिव कृष्ण रानाले पार्टीमा पूर्णकालिन र अल्पकालिन सदस्यहरुको वर्गीकरण गर्न प्रस्ताव पेश गरेका छन् ।

– रामेछापबाट सिक्न कार्कीको आग्रह
केन्द्रीय सदस्य तथा युवा नेता मोहन कार्कीले संगठन बनाउन जनताको काम गरेर विश्वास जित्न रामेछापबाट सिक्न आफ्नो अनुभव सहितको रिपोर्ट र प्रस्ताव पेश गरेका छन् । कार्की जन आकाश मिडिया प्र.लि.का अध्यक्ष तथा २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा माले पार्टीको सबैभन्दा बढी मत ल्याएर चर्चामा रहेका केन्द्रीय सदस्य हुन । हिजो सम्म प्रदेशबाट आएका केन्द्रीय सदस्यहरुले प्रस्तावहरु पेश गरिसकेका छन् । विभागीय रिपोर्ट सकेपछि पार्टीको बैठकमा निर्णार्थ छलफलमा जानेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...