YouTube Link

प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

Facebook Link

काठमाडौं: प्रधानमन्त्रीकप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछ । किर्तिपुर क्रिकेट मैदानमा प्रदेश-३ र गण्डकी प्रदेश भिडेछन् भने मुलपानी क्रिकेट मैदानमा आर्मी र कर्णली प्रदेश खेल्नेछन् ।

प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा एपीएफले लगातार दोस्रो जित निकालेको छ भने प्रदेश-३ ले पहिलो जित दर्ता गरेको छ । सशस्त्र प्रहरी बलको एपीएफले सूदूपश्चिम प्रदेशलाई तिन विकेटले पराजित गरेको हो । सूदूपश्चिम प्रदेशले प्रस्तुत गरेको एक सय २६ रनको लक्ष्य एपिएफले ३५औं ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।

टस जितेर पहिले ब्याटिङ गर्दै सूदूपश्चिम प्रदेश ३८औं ओभरमा अलआउट हुँदै जम्मा एक सय २५ रनमा समेटिन पुग्यो । सूदूपश्चिमको सम्पूर्ण टोली झिनो योगफलमा समेटिने क्रममा खेलाडीबीच तालमेल नपुग्दा ५ जना ब्याट्सम्यान रनआउट बन्न पुगका थिए । एपीएफले यसअघि पहिलो खेलमा प्रदेश-३ लाई हराउँदै जित निकालिसकेको छ ।

हिजै भएको मुलपानी किक्रेट मैदानमा भएको खेलमा प्रदेश-५ लाई हराउँदै प्रदेश-३ ले प्रतियोगितामा पहिलो जित हात पारेको छ । प्रदेश-३ ले प्रदेश-५ माथि ६ विकेटको जित निकालेको हो । प्रदेश-५ ले दिएको एक सय २३ रनको झिनो लक्ष्यलाई प्रदेश ३ ले २२औं ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

टस हारेर ब्याटिङ गरेको प्रदेश-५ बयालिसौं ओभरमा अलआउट हुँदै जम्मा एक सय २२ रनमा समेटिएको थियो । प्रदेश-५ लाई झिनो योगफलमा रोक्नेक्रममा प्रदेश ३ का कप्तान पारस खड्काले १० आभेरमा २४ रन मात्र खर्चेर ४ विकेट लिए भने सूर्य तामाङले जम्मा १६ रन दिँदै ३ विकेट हात पारे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...