YouTube Link

ओमिक्रोन भेरियन्ट भारतको एक युनियन टेरिटरीसहित १६ वटा राज्यमा फैलियो

Facebook Link

 

एजेन्सीः कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट भारतको एक युनियन टेरिटरीसहित १६ वटा राज्यमा फैलिएको छ ।

 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ ओमिक्रोन भेरियन्ट हालसम्म दिल्लीसहित १५ वटा राज्य एवं एक युनियन टेरिटरीमा फैलिएको हो ।

 

भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २ सय ३६ पुगेको छ । यसमध्ये एक सय चार जना निको भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

 

ओमिक्रोनका सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा छन् । त्यहाँ हालसम्म ६५ जनामा ओमिक्रोन पुष्टि भएको छ ।

 

ओमिक्रोनका संक्रमित धेरै हुने दोस्रो स्थानमा दिल्ली रहेको छ ।

 

दिल्लीमा बिहीबारसम्म ६४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ ।

 

त्यस्तै, तेलाङ्गानामा २४, कर्नाटकमा १९, राजस्थानमा २१ र केरलमा १५ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ ।

 

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ ६:३० बजे ओमिक्रोन भेरियन्टका सम्बन्धमा समीक्षा बैठक बोलाएको एएनआईले जनाएको छ ।

 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले समेत आजै उच्चस्तरीय बैठक डाकेका छन् ।

 

बैठकमा कोभिड-१९ का बिरामीको होम आइसोलेशनलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल भइरहेको भारतीय समाचारमा माध्यमले जनाएका छन् ।

 

नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढ्न थालेपछि दिल्ली सरकारले क्रिसमस र नयाँ वर्ष मनाउन हुने जमघट एवं गतिविधिमाथि प्रतिबन्ध लगाइसकेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...