YouTube Link

साधारण सदस्य समेत नरहने गरी रञ्जु दर्शनाले गरिन पार्टी परित्यागको घोषणा

Facebook Link

 

काठमाडौं: विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् ।

 

आज एक विज्ञप्ति जारी गर्दै दर्शनाले पुस ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् ।

 

विज्ञप्तीमा दर्शनाले भनेकी छिन्- ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु’, उनले भनेकी छिन्, ‘पुस ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु ।’

 

उनले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओडेर नेतृत्वले पार्टीमा फोहोर गरिरहेको आरोप लगाएकी छन् ।

 

पार्टीभित्रको फोहोर सफा गर्ने प्रयास गर्दै आएपनि त्यसलाई सफा गर्न नसकिने देखिएको उनको भनाइ छ ।

 

विज्ञप्तीमा विवेकशील साझा पार्टीभन्दा माथि देश हुने पनि बताएकी छन् । उनले पार्टीको जग असली हालेको भएपनि तला थप्ने क्रममा कमसल बन्न पुगेको टिप्पणी पनि गरेकी छन् ।

 

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संवैधानिक राजतन्त्रको वकालत गर्ने गरी ‘विचारभन्दा माथि देश’को एजेण्डा पार्टीमा लागु गराएपछि साझा विवेकशीलमा विवाद देखिएको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...