चेल्सी र टोटेनहम इंग्लिस फुटबल लिग कप अर्थात कारवाओ कपको सेमिफाइनलमा प्रवेश
वि.सं.२०७८ पुस ८ बिहीवार ०९:५३
2K
shares
एजेन्सी: इंग्लिस फुटबल लिग कप अर्थात कारवाओ कप अन्तर्गत प्रिमियर लिग क्लब चेल्सी र टोटेनहम हटस्पर सेमिफाइनलमा प्रवेश गरेका छन् ।
चेल्सीले घरेलु टोली ब्रेन्टफर्डलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
चेल्सीको अन्तिम चारको यात्रामा जर्गिन्होले पेनाल्टीमा गोल गर्दा एक गोल उपहार पाएको थियो ।
खेलको ८०औं मिनेटमा पोन्टस जान्ससनले आत्मघाती गोल गरेपछि चेल्सीले खेलमा अग्रता लिएको थियो ।
८५औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको जित पक्का गरे ।
त्यसैगरी अर्को खेलमा टोटेनहमले वेस्ट ह्याम युनाइटेडलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ ।
टोटेनहमको जितमा स्टेभन वर्गवाइन र लुकास मौउराले गोल गरे ।
वेस्टह्यामका जरोड वोवेनले एक गोल फर्काए ।
खेलको ३२औं मिनेटमा जारोड वोवेनले निकोला भ्लासिकको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
३४औं मिनेटमा लुकास मौउराले स्टेभन वर्गवाइनको पासमा गोल गर्दै टोटेनहमलाई २–१ ले जित दिलाए ।
वि.सं.२०७८ पुस ८ बिहीवार ०९:५३




















