सभापति पदका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको निर्वाचन लड्ने
वि.सं.२०७८ मंसिर २८ मंगलवार १३:३८
2.3K
shares
काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको निर्वाचन लड्ने भएका छन् ।
उनले यसबारेमा जानकारी दिनको लागि अहिले पत्रकार सम्मेलन गर्न लागेका छन् ।
शेरबहादुर देउवाले पहिलो चरणमा पचास र एक मत ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन हुन लागेको थियो ।
तर, सभापतिको दौडमा रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले पनि देउवालाई समर्थन गर्ने घोषणा गरेपछि कोइरालाले चुनाव नलड्ने चर्चा चलेको थियो ।
स्रोतका अनुसार कोइरालाले दोस्रो चरणको निर्वाचन गर्ने बताएका छन् ।
निर्वाचन परिणाम आएलगत्तै शेखरले आफू पक्षका नेताहरुलाई होटल मेरिटमा छलफल गरेका थिए ।
उनले रामचन्द्र पौडेल, शशांक कोइरालासँग सुझाव मागेको र गगन थापा, मिनेन्द्र रिजाल लगायतसँग भने छलफल नै गरेको स्रोतले बताएको छ ।
वि.सं.२०७८ मंसिर २८ मंगलवार १३:३८



















