YouTube Link

मिडिया काउन्सिल विधेयक फिर्ता लिन सम्पादकहरुको माग, २१ सम्पादकको संयुक्त विज्ञप्ति

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: राष्ट्रिय सभामा दर्ता भएको मिडिया काउन्सिल विधेक फिर्ता लिन सम्पादकहरुले माग गरेका छन् । बिहीबार वक्तव्य सार्वजनिक गर्दै विभिन्न मिडियाका २१ सम्पादकले सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन माग गरेका हुन्।

‘सरोकारवालाहरुसँग कुनै छलफल नगरी प्रेसमाथि सरकार सर्वेसर्वा हुने गरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन र सरोकारवालासँगको परामर्शमार्फत् यो विषय सम्बोधन गर्न हामी सरकारसँग माग गर्दछौँ’, वक्तव्यमा भनिएको छ ।

सम्पादकहरुले विधेयकको विरोधमा आन्दोलनरत नेपाल पत्रकार महासंघलगायत संघसंस्थाका कार्यक्रमप्रति ऐक्यवद्धता जनाएका छन्। वक्तव्यमा पत्रकारितामा देखिएका असंगत अभ्यासप्रति सचेत उल्लेख छ। ‘नेपाल पत्रकार महासंघ तथा पत्रकारिता सम्वद्ध अन्य संघ संस्था उक्त विधेयकको विरोधमा आन्दोलनमा उत्रिसकेका छन् । यसमा हामी ऐक्यवद्धता जनाउन चाहन्छौँ’, वक्तव्यमा भनिएको छ, ‘पत्रकारिता क्षेत्रमा देखिएका कतिपय असंगत र असंयमित अभ्यासप्रति हामी सचेत छौँ। त्यस्ता समस्या सम्बोधन गर्ने विधि विकासको आवश्यकताबारे हामी उत्तिकै प्रष्ट छौँ ।’

विधेयक ‘पूर्ण प्रेस स्वतन्त्रता’ संकुचित गर्ने गरी आएको सम्पादकहरुको ठहर छ। ‘सरकारले संसदमा अहिले पेश गरेको प्रेससम्बन्धी विधेयक लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म–भावना विपरीत छ’, वक्तव्यमा भनिएको छ, ‘संविधानले सुनिश्चित गरेको ‘पूर्ण प्रेस स्वतन्त्रता’ यो विधेयकले संकुचित गर्छ भन्ने हाम्रो निष्कर्ष छ।’

संयुक्त विज्ञप्ति जारी गर्ने सम्पादकहरुमा अखिलेश उपाध्याय, अनुप काफ्ले, अमित ढकाल, अरुण बराल, कसमस विश्वकर्मा, किरण नेपाल, कुन्द दीक्षित, कृष्णज्वाला देवकोटा, गुणराज लुइँटेल, दिलभुषण पाठक, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, युवराज घिमिरे, राजेन्द्र दाहाल, शिव गाउँले, सुधीर शर्मा, सुवास घिमिरे र हरिबहादुर थापा छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...