एमालेको नयाँ नेतृत्व चयन गर्नका लागि मतदान जारी‚ एकैपटक ६९ जनाले भोट खसाल्दै
वि.सं.२०७८ मंसिर १४ मंगलवार ०८:४७
2.1K
shares
चितवन: नेकपा एमालेको १०औं महाधिवेशनबाट अध्यक्षसहित नयाँ नेतृत्व चयन गर्नका लागि अहिले मतदान जारी छ ।
सहमतिको प्रयास असफल भएपछि आइतबार राति ४ बजेदेखि मतदान सुरू भएको हो । अध्यक्ष, उपाध्यक्ष, सचिव र १२६ केन्द्रीय सदस्य पदका लागि चुनाव भएको हो ।
भोटिङ सेसनमार्फत भोट हाल्न सकिने व्यवस्था गरिएको छ । एक पटकमा ६९ जनाले भोट गर्न सकिने जनाइएको छ ।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् । ६ वटा उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे‚ युवराज ज्ञवाली‚ सुवासचन्द्र नेम्बाङ, रामबहादुर थाप र घनश्याम भुसाल चुनावी मैदानमा छन् ।
यस्तै‚ सात सचिव पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट‚ पद्मा अर्याल‚ भीम आचार्य र टंक कार्कीले उम्मेदवार छन् ।
यस्तै केन्द्रीय सदस्यतर्फ खुला ८४ सदस्यका लागि चुनाव हुनेछ । प्रदेश १ को खुला ६ तथा महिला ३ सदस्यका लागि चुनाव हुनेछ ।
सुदूर पश्चिम प्रदेशको महिला ३ सदस्यका लागि पनि चुनाव हुनेछ । दलित खुला ८, थारु खुला ५ र पिछडिएको क्षेत्र खुला ३ सदस्यका लागि पनि चुनाव भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
वि.सं.२०७८ मंसिर १४ मंगलवार ०८:४७




















