YouTube Link

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षद्वय राणा र लोहनी लिङदेनको समर्थनमा उभिए

Facebook Link

 

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षद्वय पशुपति शमशेर राणा र डा‍. प्रकाशचन्द्र लोहनीले आसन्न महाधिवेशनमा नयाँ पुस्ताको पक्षमा उभिने निर्णय गरेका छन् ।

 

राप्रपालाई जनताले विश्वास र भरोसा गर्ने क्रियाशील पार्टी बनाउनका लागि नयाँ पुस्ताको नेतृत्व अपरिहार्य रहेको सोमबार सम्पन्न भेलाको निष्कर्ष थियो ।

 

अध्यक्ष राणाले यसअघि नै पार्टी हित र एकताका लागि निर्वाचनबाट अलग रहने निर्णय गरेका थिए । अध्यक्ष लोहनीले पनि नयाँ पुस्ताको समथर्न गर्दै उम्मेदवारी नदिने निष्कर्षमा पुगेका छन् ।

 

यस सम्बन्धमा लोहनीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

 

राप्रपाका अध्यक्षत्रयमध्ये कमल थापाले मात्र निर्वाचन लड्दै छन् । सोमबार आफूले अध्यक्षमा उम्मेदवारी दिने थापाले बताएका थिए ।

 

नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै राजेन्द्र लिङदेनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

 

भेलामा पूर्वमन्त्रीहरू दुर्गा श्रेष्ठ, आङ छिरिङ शेर्पा, जगत गौचन, पूर्वमहामन्त्री राजाराम श्रेष्ठ, सभासदद्वय शयन्द्र वान्तवा र बबिना मोक्तान लावती, युवा नेताहरू रवीन्द्रप्रताप शाह, किशोरबहादुर कार्की, दिनेश कार्की, गोपाल दाहाल, प्रवीण थोकर, प्रेम बलायर, मीना सुवेदी, विजकला राई, गोपी ढकाल, राजु लोहनी, प्रेम देसार, यज्ञबहादुर सिंह, कालीबहादुर शाही, मनिराज तामाङ, गोपी शर्मा, लालबहादुर घिसिङ, जिल्ला अध्यक्ष विकास महत, विद्यार्थी नेताहरू धनशुर शाही, एन्टीसंघर्ष राई लगायत सहभागी थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...