YouTube Link

राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेनको उम्मेदवारी घोषणा, रेखा थापा खुलिन् लिङ्देनको पक्षमा

नेता धवल शमशेर राणाको समर्थनमा उनले अध्यक्ष उम्मेदवार घोषणा

Facebook Link

 

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री राजेन्द्र लिङ्देनले काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

 

नेता धवल शमशेर राणाको समर्थनमा उनले अध्यक्ष उम्मेदवार घोषणा गरेका हुन् ।

 

उनले भने, ‘नेतृत्व परिवर्तन हुनुपर्छ । हाम्रो पार्टीको नेता कार्यकर्ताको भावनालाई कदर गर्दै उम्मेदवारी घोषणा गरेको छु । मलाई विश्वास छ मेरो जित निश्चित छ ।’

 

सबै पार्टी कार्यकर्ताहरूको नेतृत्व परिवर्तन नै आकांक्षा भएकाले ढुक्कसँग जित्ने उनको दाबी छ । अहिलेसम्म अध्यक्षमा अध्यक्षत्रय  पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएको आरोप लगाए ।

 

राजसंस्था पुनःस्थापना, हिन्दु राज्य, संघीयता खारेजसम्मको अभियानलाई धोका हुने भएकाले पार्टीलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

 

यसैबीच राप्रपाको आसन्न महाधिवेशनमा नायिका रेखा थापाले अध्यक्ष कमल थापाका प्रत्यासी बनेका राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छिन् ।

 

मंसिर १५ देखि सुरु हुने महाधिवेशनमा लिङ्देनको आयोजित उम्मेदवारी घोषणामा नायिका थापा पनि सहभागी भइन्  ।

 

थापा राप्रपाकी केन्द्रीय सदस्य हुन् । लिङदेनलाई साथ दिनुको कारण खुलाउँदै थापाले भनिन्, ‘सबै पार्टीमा युवा पुस्ताले नेतृत्व पाउनुपर्छ भन्ने बहस चलिरहेको छ, त्यसैले मैले राजेन्द्रजीलाई साथ दिएकी हुँ ।’ महाधिवेशनमा लिङ्देनलाई साथ दिँदा कमल थापाको साथ छाडेको भन्ने अर्थमा नबुझ्न अभिनेत्री थापाले आग्रह समेत गरिन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...