YouTube Link

भीमफेदी गाइजको युट्युव च्यानलबाट ‘कचिला सुन’ को म्यूजिक भिडियो सार्वजानिक {भिडियो सहित}

Facebook Link

काठमाडौं: जिवन कुमार सुनुवारको शब्द संगीत तथा सुनिल दोङ लामा र जितु लोप्चनको स्वरमा रहेको तामाङ सेलो ‘कचिला सुन’ गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

 

जनजिवनको प्रस्तुती तथा भूमिका थामीको उत्पादन रहेको उक्त म्यूजिक भिडियोको हात्तीसारस्थित टेम्पल ट्री रेष्टुरेन्ट एण्ड लञ्च बारमा एक कार्यक्रमको आयोजना गरी प्रिमियर गरिएको थियो ।

 

भीमफेदी गाइजको युट्युव च्यानलबाट सार्वजानिक गरिएको उक्त म्यूजिक भिडियो प्रिमियर हुने बित्तिकै युट्युवमा हेर्नेको लर्को देखिएको छ  ।

 

गाउँघरमा बोलिने टिपिकल शब्दले भरिएको निकै सुमुधुर संगीत र शब्द संयोजनले गीतबाट दर्शक तथा स्रोताबाट माया पाउनेमा आफू निकै आशावादी रहेको सर्जक जीवन सुनुवारले बताए ।

 

कार्यक्रमको क्रममा म्युजिक भिडियोमा अभिनय गर्ने कलाकार तथा गायक गायिका लगायतका विभिन्न व्यक्तिहरुलाई मायाको चिनो तथा सम्मान-पत्र पनि प्रदान गरिएको थियो ।

 

क्रियटिभ मोसन पिक्चर्सको पोष्टप्रोडकशन रहेको म्युजिक भिडियो मकवानपुरको भिमफेदी तथा मार्खु आसपासमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका छन् भने पवन सुस्लिङ्गले छायांकन र सम्पादन गरेका छन् ।

 

हलेसी डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतको एरेन्ज तथा मिक्सिङ आरबी लामा स्याङदानले गरेका छन् भने गीतको रेकर्ड उत्सब लामाले गरेका हुन ।

 

भिमफेदी गाइजका कलाकारकाहरुसँग निरन्जली लामा, पुर्णिमा लामा थोकर, मन्जु तामाङ र  सब्बु तामाङले अभिनय गरेका छन् ।

{भिडियो सहित}

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...