लघुवित्त वित्तीय संस्थाले काठमाडौंमा कर्पोरेट कार्यालय स्थापना
वि.सं.२०७८ भदौ १० बिहीवार १०:५६
1.9K
shares
काठमाडौं: लघुवित्त वित्तीय संस्थाले काठमाडौंमा कर्पोरेट कार्यालय स्थापना गर्न पाउने भएका छन् । मर्जरमा गएर १ अर्ब रुपैयाँभन्दा बढी चुक्तापुँजी कायम गरेका लघुवित्त वित्तीय संस्थाले काठमाडौं उपत्यकामा कर्पोरेट कार्यालय स्थापना गर्न पाउने भएका हुन् ।
नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशिका, २०७७ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको छ । लघुवित्त वित्तीय संस्थाहरु गाभिएर वा प्राप्ति गरेर १ अर्ब रुपैयाँ भन्दा बढी चुक्तापुँजी कायम गरेमा काठमाडौं उपत्यकाभित्र काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका बाहेकका स्थानमा एउटा कर्पोरेट कार्यालय र २ वटा शाखा कार्यालय स्थापना गर्न राष्ट्र बैंकले स्वीकृति दिने भएको हो ।
यसैगरी १ अर्ब रुपैयाँभन्दा बढी चुक्तापुँजी भएका संस्थाले एउटा राष्ट्रियस्तर वा २ वटा प्रदेशस्तरका संस्था गाभेमा वा प्राप्ति गरेमा काठमाण्डौ उपत्यकाभित्र काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका बाहेकका स्थानमा एउटा कर्पोरेट कार्यालय र २ वटा शाखा कार्यालय स्थापना गर्न राष्ट्र बैंकले स्वीकृति दिइने राष्ट्र बैंकले जनाएको छ।
यसैगरी थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाका रुपमा कार्य गर्न पाउने भएका छन्।
यो पनी पढ्नुहोस् :
एनआईसी एशिया बैंकले रु. २० लाख बीमा रकम भुक्तानी
वि.सं.२०७८ भदौ १० बिहीवार १०:५६



















