भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गतेदेखि १३ गतेसम्म लगाइने
वि.सं.२०७८ भदौ १० बिहीवार १०:३४
2K
shares
काठमाडौं: भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गतेदेखि भदौ १३ गतेसम्म लगाइने भएको छ ।काठमाडौंमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भोलि भदौ ११ गतेदेखि भदौ १३ गतेसम्म लगाइने भएको हो ।
भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप लगाउन पाउने छन् ।
सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ ।
भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अन्यलाई पनि खोप दिइनेछ । काठमाडौंमा १४६ खोप केन्द्रका राखिएको छ।
यस्तै सर्वसाधारणलाई मध्यनजर गर्दै थप आठ खोप केन्द्र थपिएका छन्। जसअनुसार राधास्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताल रहेका छन्।
यो पनी पढ्नुहोस् :
एनआईसी एशिया बैंकले रु. २० लाख बीमा रकम भुक्तानी
वि.सं.२०७८ भदौ १० बिहीवार १०:३४



















