YouTube Link

एनआईसी एशिया बैंकले रु. २० लाख बीमा रकम भुक्तानी

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं:  एनआईसी एशिया बैंकले रु. २० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले ल्याएको न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत एनआईसी एशिया बैंकले रु. २० लाख बीमा रकम भुक्तानी गरेको हो ।

 

बैंकले  दुईजना खातावालालाई जनही रु. १०/१० लाख गरी कुल रु. २० लाख बीमा रकम भुक्तानी गरेको छ।

 

बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५ बसुन्धारानिवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमाबापत रु. १० लाख बीमा रकम भुक्तानी गरिएको छ।

 

श्रेष्ठकी पत्नी रुकमती श्रेष्ठलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष् कुमार राठीले उक्त रकमबराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।

 

यसैगरी बैंकको कञ्चनपुर जिल्लास्थित पुनर्बास शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘प्राइम श्रेणी’ को खाता खोलेका पुनर्बास–६ निवासी रमेश अर्यालको दुर्घटनापश्चात् मृत्यु भएकोमा उनकी पत्नी विनिता सुवेदीलाई दुर्घटना बीमाबापत रु. १० लाख बीमा रकम भुक्तानी गरिएको छ।

 

सुवेदीलाई बैंकको पुनर्बास शाखा प्रमुख एमपौस चौधरीले उक्त रकमबराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।

 

बैंकको यस सुविधाबाट घरको मुख्य मान्छे नै गुमाएका परिवारजनले ठूलो लाभ प्राप्त गर्ने विश्वास सुवेदीले व्यक्त गरिन्। उनले भनिन्, ‘मेरो परिवारलाई सहयोग गरेबापत यस बैंकका सम्पूर्ण परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।’

 

दुवै लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो। यस बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ५५० जना भन्दा बढी ग्राहकले बीमाबापतको रु. ३ करोड ५८ लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन्।

 

बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालय, ४७२ एटीएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

 

यो पनी पढ्नुहोस् :

ग्लोबल आइएमई बैंकले ७.२९ प्रतिशत ब्याजदरमा सवारी कर्जा

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...