एनभीए क्लब भलिबल च्याम्पियनसिप अर्काे महिनामा हुने
असोज १० देखि १६ गतेसम्म
वि.सं.२०७८ भदौ ९ बुधवार १२:०१
3.4K
shares
काठमाडौंः छैटौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अयोजना हुने भएको छ ।
नेपाल भलिबल संघले प्रतियोगिता असोजमा आयोजना हुने बताएको छ ।
नेपाल भलिबल संघको सोमबार बसेको कार्यसम्पादन बैठकले उक्त प्रतियोगिा अर्काे महिना गर्ने निर्णय गरेको हो ।

छैटौं एनभीए महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता संचालन गर्ने निर्णय गरेको संघका कार्यवाहक अध्यक्ष याम बहादुर गुरुङले बताएका छन् ।
संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरिएको समेत जनाएको छ ।
च्याम्पियन बन्ने क्लबले चार लाख रुपियाँ प्राप्ता गर्ने छन् ।
यो पनि पढ्नु होस्ः स्पेनिस ला लिगामा सेभिल्याले दोस्रो जित निकाल्दै शीर्ष स्थानमा
वि.सं.२०७८ भदौ ९ बुधवार १२:०१



















