रुरु जलविद्युत परियोजनाले असोज १६ गते साधारणसभा आह्वान
वि.सं.२०७८ भदौ ८ मंगलवार १६:४७
1.8K
shares
काठमाडौं: रुरु जलविद्युत परियोजना लिमिटेडले असोज १६ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।
साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । जस अनुसार रुरु जलविद्युत परियोजना लिमिटेडले शेयरधनीलाई आर्थिक वर्ष ७६/७७ अवधिको मुनाफाबाट चुक्ता पुंजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने र सो को कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुनेछ ।
त्यस्तै १६ गते साधारण सभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, संचालको अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन् । प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेश हुने छ । सभाले सर्बसाधारणबाट प्रतिनिधित्व गर्ने १ जना र संस्थापकबाट प्रतिनिधित्व गर्ने ५ जना संचालकको निर्वाचन समेत गर्ने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
यो पनी पढ्नुहोस् :
कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन निर्देशन
वि.सं.२०७८ भदौ ८ मंगलवार १६:४७



















