YouTube Link

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन निर्देशन

Facebook Link

काठमाडौं:  कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो ।

 

संसदको शिक्षा तथा स्वास्थ्य समितिको सभापति जयपुरी घर्तीले बैठकमा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न निर्देशन दिनु भएको हो ।

 

सो बैठकमा उपस्थित शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समितिलाई स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दसैँ अघि नै भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिएका थिए ।

 

सचिव थपलियाले अहिले भौतिक रूपमै परीक्षा लिने वातावरण बनेको  बताउँदै स्वास्थ्य मन्त्रालयको सल्लाहका आधारमा परीक्षा सञ्चालन गर्ने बताए ।

 

राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जङ्ग बहादुर अर्यालले परीक्षा सञ्चालनको अन्तिम तयारीको काम समेत आफूहरूले सकेको आर्थिकन्युजलाई बताए।

 

भौतिक उपस्थितिमा नै परीक्षा गराउन सबै तयारी पुरा गरेको बताउँदै उनले भने, “परीक्षाको लागि सम्बन्धित सबै काम सकेका छौँ।

 

सम्बन्धित केन्द्रमा प्रश्न पत्र समेत पुर्याईसकेका छौँ। अब विद्यार्थीले जहाँ पढेको हो त्यहीँ गएर परीक्षा दिनुपर्छ।” उनले दसैँ अघि नै परीक्षा लिइसक्ने गरी तयारी रहेकोले निर्देशन मात्र कुरेको जानकारी दिए।

 

कोभिड सङ्क्रमणको जोखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारीमा शिक्षा मन्त्रालय रहेको उनको स्पष्टोक्ति रहेको थियो।

 

परीक्षा लिनुपर्ने ३ लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकोले उनीहरूका लागि कोभिड बिरुद्धको खोप दिन सकिने बताउँदै विद्यार्थीलाई खोप दिन स्वास्थ्य मन्त्रालयसँग कुरा गर्ने उनले बताए ।

 

यो पनी पढ्नुहोस् :

अर्थ समितिले ढुंगाना र साउदलाई छानविन गरि कारवाही गर्न निर्देशन

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...