YouTube Link

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन निर्देशन

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं:  कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो ।

 

संसदको शिक्षा तथा स्वास्थ्य समितिको सभापति जयपुरी घर्तीले बैठकमा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न निर्देशन दिनु भएको हो ।

 

सो बैठकमा उपस्थित शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समितिलाई स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दसैँ अघि नै भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिएका थिए ।

 

सचिव थपलियाले अहिले भौतिक रूपमै परीक्षा लिने वातावरण बनेको  बताउँदै स्वास्थ्य मन्त्रालयको सल्लाहका आधारमा परीक्षा सञ्चालन गर्ने बताए ।

 

राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जङ्ग बहादुर अर्यालले परीक्षा सञ्चालनको अन्तिम तयारीको काम समेत आफूहरूले सकेको आर्थिकन्युजलाई बताए।

 

भौतिक उपस्थितिमा नै परीक्षा गराउन सबै तयारी पुरा गरेको बताउँदै उनले भने, “परीक्षाको लागि सम्बन्धित सबै काम सकेका छौँ।

 

सम्बन्धित केन्द्रमा प्रश्न पत्र समेत पुर्याईसकेका छौँ। अब विद्यार्थीले जहाँ पढेको हो त्यहीँ गएर परीक्षा दिनुपर्छ।” उनले दसैँ अघि नै परीक्षा लिइसक्ने गरी तयारी रहेकोले निर्देशन मात्र कुरेको जानकारी दिए।

 

कोभिड सङ्क्रमणको जोखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारीमा शिक्षा मन्त्रालय रहेको उनको स्पष्टोक्ति रहेको थियो।

 

परीक्षा लिनुपर्ने ३ लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकोले उनीहरूका लागि कोभिड बिरुद्धको खोप दिन सकिने बताउँदै विद्यार्थीलाई खोप दिन स्वास्थ्य मन्त्रालयसँग कुरा गर्ने उनले बताए ।

 

यो पनी पढ्नुहोस् :

अर्थ समितिले ढुंगाना र साउदलाई छानविन गरि कारवाही गर्न निर्देशन

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...