Texas College
YouTube Link

नेपाल आदिवासी जनजाति महासंघ कतारले २७औं विश्व आदिवासी दिवस मनाए

Facebook Link

दोहाः नेपाल आदिवासी जनजाति महासंघ कतारले २७औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम २०२१ गरी मनाएको छ ।

 

संस्थाका कार्यवाहक अध्यक्ष  भाईकाजी गुरुङको सभातित्वमा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष जगत बहादुर बरामको प्रमुख आतिथ्यमा जूम भर्चुअलको माध्यमबाट दिवस मनाएको हो ।

 

केन्द्रीय उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख गोबिन्द छन्त्याल र नेफिन कतारका संस्थापक अध्यक्ष अमृत गुरुङको विशिष्ठ आतिथ्यमा तथा विशेष अतिथिको रुपमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको प्रथम उपाध्यक्ष जैबी राई, नेफिन द कोरियाका अध्यक्ष युगेन तेडुप शेर्पा, नेफिन इजरायलका बरिष्ठ उपाध्यक्ष नानिमाया योन्जन तामाङ, नेफिन मलेसियाका अध्यक्ष बिपिन राई लगायत नेफिन प्रवास संबन्धन संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु र नेफिन कतारका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष शिव कुमार भुजेल, विशेष सल्लाहकार तथा पुर्ब अध्यक्ष देबराज राई, सल्लाहकार तथा पुर्ब अध्यक्ष सियाराम चौधरी, संस्थापक सदस्य तथा सल्लाहकारहरु  बिल बहादुर गुरुङ, सुक बहादुर तमाङ, सल्लाहकार तथा पुर्ब उपमहासचिव धिरज चाम्लिङ, सल्लाहकारहरुमा शंखलाल तामाङ, रस गुरुङ, नियम भुजेल र सामुयल सुनुवार, त्यसैगरी अतिथिहरुमा प्रवासी नेपाली मंचका महासचिव प्रभात त्रीपाठी, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष रामहरि गैरे, नेपाली जनसम्पर्क समितिका कावा सभापति ठाकुर परियार, नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष रकमध्वोज राई, नेपाली समाज कतारका कावा अध्यक्ष तेज मुक्तान, संघीय लिम्बुवान सामाजिक मञ्चका अध्यक्ष रेखा राई,  नेपाल पत्रकार महासंघ कतारका सचिव अर्जुन पौडेल तथा कतारमा आवद्ध जातिय भातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत महासंघमा आवद्ध १४ वटै भातृ संस्थाहरुवाट सक्रिय सदस्यहरु साथै देश तथा विदेशवाट जोडिएका आदिवासी जनजातिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

कार्यक्रममा उपस्थित सम्पुर्णलाई संस्थाका उपमहासचिव धिरेन तामाङले स्वागत मन्तव्यबाट  स्वागत गर्दै दिप प्रज्वलन, नेपाली राष्ट्रिय गान र आदिवासी गितबाट सुरु भएको उक्त कार्यक्रममा संस्थाका विशेष सल्लाहकार तथा पुर्ब अध्यक्ष देवराज राईबाट संस्थागत संक्षिप्त परिचय तथा गतिविधी र संस्थाका सल्लाहकार तथा पुर्व अध्यक्ष सियाराम चौधरीबाट संस्थागत अवधारणा तथा कार्यक्रमको औचित्य बारे प्रकाश पारेको थियो ।

 

 

२७ औं विश्व आदिवासी दिवसको शुभकामना  आदान प्रदान गर्ने क्रममा नेफिन कतारको सम्पुर्ण भातृ संस्थाको तर्फबाट प्रवसी भिजेल समाज कतारका अध्यक्ष वीर बहादुर भुजेल, पत्रकार महासंघ कतारका सचिब अर्जुन पौडेल, नेपाली समाज कतारका कावा अध्यक्ष तेज मुक्तान, नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष  रकम्ध्वोज राई, नेपाली जनसम्पर्क समिती कतारका कार्यवाहक अध्यक्ष ठाकुर परिवार, प्रवासी नेपाली मञ्च कतारका महासचिव प्रभात त्रिपाठी, त्यसैगरी नेफिन इजरायलका बरिष्ठ उपाध्यक्ष नानिमाया योन्जन तामाङ, नेफिन द कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा, नेफिन कतारका प्रमुख सल्लाहकार शिव कुमार भुजेल, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष जैबी राईले शुभकामना  मन्तब्य राखेका थिए ।

 

त्यसैगरी विशिष्ठ अतिथी नेफिन कतारका संस्थापक अध्यक्ष अमृत गुरुङले शुभकामना मन्तब्य तथा  आफ्ना भनाई राखेका थिए । विशिष्ठ अतिथी नेफिन केन्द्रका  उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख गोबिन्द छ्न्त्यालले आदिवासी जनजातिहरुको हक अधिकारको निम्ति अझ जुझारु भएर आन्दोलित हुनुपर्ने कुरामा जोड दिँदै शुभकामना मन्तव्य राखे । त्यसैगरि कार्यक्रमका प्रमुख अतिथी तथा नेफिन केन्द्रिय अध्यक्ष जगत बरामले शुभकामना मन्तव्यसँगै आफ्ना महत्त्वपूर्ण भनाई राखेका थिए ।

 

संस्थाका कार्यवाहक अध्यक्ष तथा सभापती भाइकाजी गुरुङले कार्यकमा उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको औपचारिक समापन भएको थियो । कार्यक्रम नेफिन कतारका महासचिव एकराज राई ले सञ्चालन गरेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...