YouTube Link

लुनकरणदास –गंगादेवी चौधरी अस्पताललाई पुनः सञ्चालनमा ल्याइने

Facebook Link

काठमाडौं:   लुनकरणदास –गंगादेवी चौधरी च्यारिटी अस्पताललाई पुनः सञ्चालनमा ल्याइने भएको छ । सुनसरीको दुहबीस्थित १५ शय्या क्षमता रहेको अस्पतालको स्तरोन्नति गरी ५० शय्या बनाइने भएको हो ।

 

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल र बसन्त चौधरी फाउन्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी करिब साढे ३ वर्षदेखि बन्दप्राय रहेको लुनकरणदास –गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गर्दै पुनः सञ्चालनमा ल्याउने भएको हो ।

 

नर्भिकले अस्पताललाई दक्ष जनशक्तिको साथै विशेषज्ञ सेवा उपलब्ध गराउनेछ । अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्नेछ भने सो च्यारिटी अस्पताल नवीनतम प्रविधि र मेडिकल उपकरणले सुसज्जित हुनेछ ।

 

पूर्वी नेपालका सर्वसाधारणलाई न्यून दरमा स्वास्थ्य सेवा उपलब्ध गराइने योजना रहेको नर्भिक इन्टरनेसनल हस्पिटलका संरक्षक बसन्त चौधरीले बताए । आगामी वैशाख १ गते पर्ने नर्भिक अस्पतालको स्थापना दिवसको अवसर पारेर सो च्यारिटी अस्पतालको सम्पूर्ण सेवाको सुरुआत हुनेछ। अस्पतालमा ७५ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्।

 

करिब ८ हजार वर्गफिटको नयाँ संरचनासहित मुटुरोग, प्रसूति सेवालगायतका शल्यक्रियाका लागि अत्याधुनिक अप्रेसन थिएटर, अत्याधुनिक उपकरणजडित आईसीयूलगायतका संरचना निर्माण गरी अस्पताल पुनः सञ्चालन हुनेछ। सो अस्पतालमा डायलासिस सेवासमेत उपलब्ध हुनेछ। अस्पतालमा चौबीसै घन्टा स्तरीय आकस्मिक सेवा उपलब्ध हुनेछ।

 

चौधरीका पितामाताको नाममा स्थापित सो अस्पतालको शिलान्यास २०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए। तत्कालीन गाविसले च्यारिटी अस्पताल चलाउनका लागि १० कट्ठा जग्गा उपलब्ध गराएको थियो भने अस्पताल निर्माणमा लाग्ने सबै खर्च चौधरीले व्यहोरेका थिए।

 

यो पनी पढ्नुहोस् :

नर्भिक इन्टरनेसनल हस्पिटलले बिरामीलाई निःशुल्क ओपीडी सेवा

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...