आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
वि.सं.२०७८ साउन २० बुधवार १३:२८
2.6K
shares
काठमाडौं: खोटाङ घर भई हाल काठमाडौमा बस्दै आएका एक जनालाई श्रीमती मारेको अभियोगमा पक्राउ परेका छन् ।
कामपा-१६ चौमती बस्ने २८ वर्षीया बबिता राईको हत्या अभियोगमा उनकै श्रीमान रामेश्वर गोतामेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले मध्यराति हत्या श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ ।
रामेश्वरले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने स्थानीयबाट खबर पाएपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई घटनास्थलबाट पक्राउ गरेको हो ।
श्रीमान-श्रीमती दुबै जना बालाजुको औद्योगिक क्षेत्रभित्रको चप्पल कारखानामा काम गर्थे ।
श्रीमतीले रक्सी खाएर सधैं चक्कु देखाउने गर्थी । सधैं त्यसो गरेपछि मलाई सधैं तनाव भयो मारिदिन्छु बरू जेल बस्छु भनेर मारेको देखियो । अहिले पनि कुनै पश्चाताप गरेको छैन भनेर उनले बयान दिएका छन् ।
प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।
वि.सं.२०७८ साउन २० बुधवार १३:२८


















