जोन्सन एन्ड जोन्सनको खोप लगाउन सुरु गरिने
वि.सं.२०७८ असार २९ मंगलवार १५:३२
2K
shares
काठमाडौं: जोन्सन एन्ड जोन्सनको खोप लगाउन सुरु गरिने भएको छ । अमेरिकाले उपलब्ध गराएको जोन्सनको खोप काठमाण्डौ जिल्लामा साउन ४ गतेबाट लगाउन सुरु गरिने भएको हो ।
कोभ्याक्स कार्यक्रमअन्तर्गत अमेरिकाले सोमबार नेपाललाई जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो । यो खोपको एक डोजमात्र लगाए पुग्छ । यसका लागि ४४ वटा खोप केन्द्र तोकिएका छन् ।
यो खोप ५०–५४ वर्ष उमेर समूहलाई लगाउने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । खोप पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले लगाउन पाउने छन्।
मंगलबारदेखि सुरु भएको भेरोसेलको पहिलो डोज खोप कार्यक्रम सञ्चालन भएकै ४४ वटा खोप केन्द्रबाट जोन्सन एन्ड जोन्सनको खोप लगाइनेछ। काठमाण्डौ महानगरपालिकाको हकमा भने थप २५ वटासम्म खोप केन्द्र विस्तार गर्न सकिने निर्णय भएको छ ।
यो पनी पढ्नुहोस् :
नर्भिक इन्टरनेसनल हस्पिटल पब्लिक कम्पनीमा रुपान्तरण
वि.सं.२०७८ असार २९ मंगलवार १५:३२



















