YouTube Link

नबिल बैंक लिमिटेडले अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण

Facebook Link

काठमाडौं:  नबिल बैंक लिमिटेडले अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बैंकले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो ।

 

नबिल बैंक लिमिटेडले आफ्नो ३७ औँ वार्षिकोत्सवका अवसरमा एक औपचारिक कार्यक्रमकबीच उक्त प्लान्ट वीर अस्पताललाई हस्तान्तरण गरेको हो ।

 

उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पतालबीच गत जेठ ५ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीअनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघन्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको छ ।

 

कोभिड १९ दोस्रो लहरको अन्त्यसँगै नबिलको यो अक्सिजन प्लान्टले तेस्रो चरणको जोखिमको प्रतिकार्य र बिरामीहरुको जीवनरक्षा हुने अक्सिजन आपूर्ति गरी सहयोग हुने विश्वास बैंकले लिएको छ।

 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिडको महामारी सुरु भएदेखि नै सरकारलाई सहयोग गर्दै आएको छ। गत वर्ष कोभिडको प्रतिकार्यका लागि बैंकले नेपाल सरकारलाई रु. ६ करोड नगद सहयोग गरेको थियो।

 

त्यसैगरी नबिल बैंकले सरकारी निकाय तथा मानवीय क्षेत्रमा कार्यरत विभिन्न संस्थासँग समेत साझेदारी गरी विपद्को पूर्वतयारी र क्षमता विकासका लागि काम गर्दै आएको छ। यसअन्तर्गत गत वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको सहकार्यमा सातैवटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपतकालीन पूर्वतयारीसम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न भएको छ।

 

यो अभिमुखीकरणमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न विभिन्न संस्थाका ३३० जना स्वास्थ्यकर्मीले सहभागिता जनाएका थिए।

 

नबिल बैंकले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा बहुपक्षीय साझेदारीको आवश्यकतालाई मध्यनजर गरी यसमा निजी क्षेत्र पनि एक महत्वपूर्ण हिस्सेदार बन्न सक्छ उदाहरण प्रस्तुत गर्दै सरकारसँग यस किसिमको साझेदारी गर्दै आएको छ।

 

आगामी दिनमा नबिलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकको स्वास्थ्य प्रणाली सुधारका लागि लगानी गर्ने जनाएको छ। हाम्रोजस्तो बहुविपद्को जोखिमयुक्त देशमा निजी क्षेत्रसहित सम्बन्धित पक्षहरुको निरन्तरको क्रियाशीलताले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउछ भन्नेमा बैंकको विश्वास छ।

 

यही विश्वासअन्तर्गत कोभिडको प्रतिकार्यका लागि बैंकले यस किसिमका सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सहयोगलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तरता दिने जनाएको छ।

 

यो पनी पढ्नुहोस् :

नर्भिक इन्टरनेसनल हस्पिटल पब्लिक कम्पनीमा रुपान्तरण

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...