Texas College
YouTube Link

सहारा विकास बैंकले आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव

Facebook Link

काठमाडौं:  सहारा विकास बैंकले आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको असार २२ गते बसेको बैठकले चुक्तापुँजीको कुल ५.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

 

बैंक सञ्चालक समितिको हिजो असार २२ गते बसेको बैठकले आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

 

जसमा चुक्तापुँजी २७ करोड २२ लाख ७० हजार ६०४ रुपैयाँको ५.०५ प्रतिशतले हुन आउने १ करोड ३७ लाख ४९ हजार ६६५.५ रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.२७ प्रतिशतले हुन आउने ७ लाख २३ हजार ६६६.६ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्  ।

 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंक आठौँ, नवौँ र दसौँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण गरिने सञ्चालक समितिले निर्णय गरेको छ ।

 

झन्डै ३ वर्षअघि सहाराले तत्कालीन देवः विकास बैंकसँग प्राप्तिमा जाने प्रारम्भिक सम्झौता गरेको थियो। त्यति नै बेलादेखि सहाराको सेयर कारोबार नेप्सेले धितोपत्र दोस्रो बजारमा रोक्का राखेको छ।

 

बराबरी हैसियत नपाएपछि सहारा विकास बैंकले तत्कालीन देवः विकास बैंकसँग प्राप्तिमा जाने प्रक्रिया भाँड्यो। गत वर्ष असोजमा फेरि सहारा विकास बैंकले गरिमा विकास बैंकसँग प्राप्तिमा जाने प्रारम्भिक सम्झौता गरेको थियो। तर यो प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन ।

 

यो पनी पढ्नुहोस् :

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...