विश्रकप छनोट: चिलीका एलेक्सिस स्यान्चेजको गोलले अर्जेन्टिना बराबरीमा रोकियो
वि.सं.२०७८ जेठ २१ शुक्रवार ११:३०
2.5K
shares
एजेन्सीः विश्वकप छनोट दक्षिण अमेरिकी खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएको छन्।
अर्जेन्टिनाको घरेलु मैदान युनिको डे सान्टिआगोमा भएको खेलमा चिलीसँग १-१ को बराबरीमा रोकिएको हो।
अर्जेन्टिनाले २४ औं मिनेटमा कप्तान लियोनल मेस्सीको पेनाल्टी गोलमा अग्रता लिएको थियो ।
मेस्सीले पाएको अवसरलाई सदुपयोग गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

चिलीले ३६औ मिनेटमा खेल बराबरीमा ल्यायो ।
चिलीको लागि एलेक्सिस स्यान्चेजले गोल गरेका थिए ।
अर्जेन्टिनाले ५ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा छ भने समान खेलबाट ५ अंक नै जोडेको चिली सातौं स्थानमा छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ जेठ २१ शुक्रवार ११:३०



















