YouTube Link

विश्रकप छनोट खेलमा नेपालले चाइनिज ताइपेईमाथि जित निकालेको छ

Facebook Link

काठमाडौंः विश्रकप छनोट खेलमा नेपालले चाइनिज ताइपेईमाथि जित निकालेको छ ।

कुवेतको जाबेर अल अहमद स्टेडियमा भएको खेलमा नेपालले ताइपेईलाई २-० गोलले पराजित गरेको हो ।

सन् २०२२ मा कतारले आयोजना गर्ने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले ताइपेईविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका हुन् ।

खेलको चौंथो मिनेटमा नै विष्टले पेनाल्टी मार्फत गोल गरेका थिए ।

सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक ताइपेईका चेङ हाओको हातमा लागेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो ।

विष्टले पाएको अवसर पेनाल्टीलाई सहज सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए ।

११औँ मिनेटमा ताइपेईका खेलाडी वु चुन चिङको प्रहार नेपाली गोलरक्षक किरण चेम्जोङले विफल तुलाएका थिए ।

२४औँ मिनेटमा अन्जन विष्टले अग्रतालाई दोब्बर बनाउने प्रयास गरेका थिए तर उनी सफल हुन सकेन्न ।

पहिलो हाफ नेपालले ताइपेईलाई निकै दबाबमा राख्यो ।

नेपाली टोली ताइपेईमाथि निकै हावी रहन पुग्यो ।

दोस्रो हाफमा ताइपेईले आक्रामक खेल्यो ।

पटक पटक गोलको प्रयासहरू गरे पनि ताइपेई सफल हुन सकेन् ।

खेलको ७०औँ मिनेटमा ताइपेईले कर्नरकिकको मौका पाए पनि त्यसको नेपाली खेलाडीले बचाउ गरेका थिए ।

८०औँ मिनेटमा मनिष डाँगी गोल गर्नबाट असफल भए पनि ८१औँ मिनेटमा भने नवयुग श्रेष्ठले उत्कृष्ट गोल गर्दै नेपाललाई २–०को अग्रता दिलाए ।

नेपालले ६ अंक जोडेको छ ।

नेपाल समूह बीको चौथो स्थानमा छ ।

ताइपेई हालसम्म अङ्कबिहीन छ ।

समूह बी मा १२ अङ्कका साथ अस्ट्रेलिया शीर्ष स्थानमा छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%aa-%e0%a4%9b%e0%a4%a8%e0%a5%8b%e0%a4%9f-%e0%a4%9a%e0%a4%bf%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%8f%e0%a4%b2%e0%a5%87%e0%a4%95/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...