नेप्सेमा साताको पहिलो दिन आज सर्वाधिक कारोबार, १८ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
वि.सं.२०७८ जेठ १६ आइतवार १६:३३
2K
shares
काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सर्वाधिक कारोबार भएको छ ।
आज नेप्सेमा १७ अर्ब २ करोड ८४ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो ।
यसअघि नेप्सेमा २०७८ जेठ १३ गते बिहिबार १४ अर्ब ७६ करोड ८८ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।
आज नेप्से १२.५४ अंकले बढेर २ हजार ८ सय २७ दशमलब ९३ विन्दुमा पुगेको छ भने आज कारोबार भएका समूहमध्ये ६ समूह बाहेक अन्य समूह बढेका छन् ।
नेप्सेका अनुसार आज १८ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा ज्याति विकास बैंक, आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, गुडवील फाइनान्स कम्पनी, लुम्बिनी विकास बैंक, साइन रेसुङगा डेभलपमेन्ट बैंक, सोल्टी होटल लिमिटेड र ओरियन्टर होटल रहेका छन् ।
त्यस्तै, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, दिव्यश्वर हाइड्रोपावर कम्पनी, समृद्धि फाइनान्स कम्पनी, युनियन हाइड्रोपावर, साग्रीला डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, महालक्ष्मी विकास बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्यमा उच्च बृद्धि आएको छ ।
त्यसैगरी, आज बरुण हाइड्रोपावर कम्पनी र हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ ।
वैकल्पिक मूल्यांकनबाट एसईई परीक्षा गर्ने बोर्डको निर्णय
वि.सं.२०७८ जेठ १६ आइतवार १६:३३




















