YouTube Link

परिवर्तन ल्याउन रिस्क आवश्यक छ खेलाडीको नाम हैन प्रर्दशन उत्कृष्ट चाहिन्छ  ‘वान टिम वान गोल’ जय नेपाल : फुटबल प्रशिक्षक अलमुताइरी

Facebook Link

काठमाडौंः राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अलमुताइरीले भने परिवर्तन ल्याउन रिस्क आवश्यक छ ।

विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलको लागि २३ सदस्यीय टोली घोषणा गरेको छ ।

पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका १३ खेलाडी परिवर्तन गरिदिए ।

यसपटक ६ नयाँ अनुहारका खेलाडी पहिलो पटक सिनियर टिममा पर्न सफल भएका छन् ।

थ्री नेशन्स कप जितेको टिमका १० खेलाडी मात्र अहिले राष्ट्रिय टिममा छन् ।

नेपालले दुई साताको अवधीमा चार खेल खेल्दैछ ।

अष्ट्रेलिया, इराकजस्ता बलियो प्रतिद्दन्दी टिमसँग खेल्नु पर्नेछ ।

ठूला टिमसँग खेल्न टिममा नयाँ खेलाडी धेरै राखेको भन्दै उनको आलोचना समेत हुँदै आएको छ ।

कुवेती यी प्रोलाइसेन्स प्राप्त प्रशिक्षक अलमुताइरीले भने परिवर्तन गर्न ‘रिस्क’ पनि लिनुपर्ने बताएका छन् ।

दुई दिनअघि टोली घोषणा गरेका प्रशिक्षकले बिहीबार प्रेसमिटमा खेलाडी छनोटबारे धारणा व्यक्त गर्दै भने,

‘हामीले टिममा परिवर्तन ल्याउनुपर्छ र त्यसका लागि रिस्क लिन आवश्यक छ ।’

त्यसका लागि समर्थकहरुका साथै मिडियाले समेत सहयोग गर्नुपर्ने बताए ।

मिडियामा आएको प्रतिक्रियाबाट आफू खुशी नरहेको भन्दै उनले निराशा व्यक्त गरे ।

‘खेलाडीहरु वान टिम जय नेपाल लेखिरहेका छन्, मिडिया खेलाडीहरुको लागि भिडिरहेका छन्,’ ४० वर्षीय अलमुताइरीले भने ।

उनले खेलाडीहरु बीच तुलना नगर्न पनि आग्रह गरे ।

प्रशिक्षण सुरु गरेपछि सबै खेलाडीले सामाजिक सञ्जालमा ‘वान टिम वान गोल’ ९एक टिम, एक लक्ष्य० जय नेपाल भन्दै सामूहिक फोटो पोष्ट गरेका थिए ।

प्रशिक्षक अलमुताइरीले पोष्ट गर्ने हरेक पोष्टमा पनि यही लेख्ने गर्छन् ।

उनले टिमको लक्ष्य एउटै हुनुपर्ने भन्दै यस्तो लेख्ने गरेको बताएका छन् ।

प्रशिक्षक अलमुताइरीले कुनै खेलाडी किन परेन भनेर नकारात्मक कमेन्ट भएको र त्यसबाट आफू निराश भएको समेत बताए ।

फिट खेलाडी टिममा राखेको भन्दै थाकेका र घाइते खेलाडी टिममा नराखेको बताए ।

एनएसएल जितेको काठमाडौं रेजर्सको कुनै खेलाडी नपरेको भन्दै सामाजिक सञ्जालमा चर्चा भएको थियो ।

अलमुताइरीले रेजर्स टिमलाई आफ्नो सम्मान रहेको बताए ।

विकेश थकित छन् तेज र सन्जोग घाइते छन् ।

घाइते खेलाडी लिएर उनीहरुको भविष्यमाथि खेलवाड नगर्ने उनको भनाइ छ ।

धेरैले अहिलेको टिम खेल्दा आधा दर्जन गोल खाने कुरा गर्न थालेको भन्दै ठूला टिमसँग कति खेल जितेको छ देखाउन आग्रह गरे ।

तपाईँहरुले ठूला टिमसँग कति खेल जित्नुभएको छ ।

म तथ्यांकमा गलत हुँला मलाई माफ गर्नुहोला तर कतिवटा खेल जित्नुभएको छ, कति प्रतियोगिता जित्नु भएको छ रु’ अलमुताइरीले भने ।

नेपालले यसअघि अष्ट्रेलियासँग खेल्दा ५-० को प्रसंग निकाल्दै उनले त्यो बेलाको औसत उमेर र अहिलेको औसत उमेर फरक रहेको बताए ।

अष्ट्रेलियासँग खेल्दा नेपालको औसत उमेर कति थियो ।

अहिलेको औसत उमेर २३ छ ।

यो टोली अहिले हार्यो भने पनि दुई वर्षपछि जित्नेछ ।’

अहिलेलाई भन्दा पनि भविष्यलाई विचार गर्दै टिम बनाएको बताए ।

उनले नाम भन्दा प्रदर्शन महत्वपूर्ण रहेको बताए ।

नेपालले यही जेठ महिनामा दुई साताको अन्तरमा ४ खेल खेल्दैछ ।

आगामी मंगलबार इराक जाने नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

त्यसपछि नेपाल विश्वकप छनोट खेल्न कुवेत जानेछ ।

नेपालले जेठ २० मा चाइनिज ताइपेई, जेठ २४ मा जोर्डन र जेड २८ मा अष्ट्रेलियासँग खेल्नेछ ।

त्यसपछि नेपालले तत्कालका खेल्ने खेल छैन ।

आगामी सेप्टेम्बरमा बंगलादेशम साफ च्याम्पियनसिप हुने तय छ ।

यस्तै विश्वकप छनोटको दोस्रो चरणबाट नेपाल बाहिरिसकेको छ ।

तर एसिया कपको लागि भने नेपालले तेस्रो चरण खेल्ने पक्का छ ।

तेस्रो चरणअघि प्लेअफ खेल्नुपर्ने नेपालले सेप्टेम्बर र अक्टोबरमा खेल्नुपर्नेछ ।

सिधै तेस्रो चरण खेल्न पाए नोभेम्बरमा खेल्नेछ ।

प्रशिक्षक अलमुताइरीले आफूलाई तीन महिनाको समय दिन आग्रह गरे ।

‘मात्र ३ महिना प्रतिक्षा गर्नु मलाई धेरै समय चाँहिदैन ।

जय नेपाल ।’ अलमुताइरीले टुङ्गाए ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ab%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9a-%e0%a4%95%e0%a4%aa%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a4%bf-%e0%a4%aa%e0%a5%80%e0%a4%8f%e0%a4%b8%e0%a4%9c/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...